Tuesday, September 27, 2022

यस कारण सिधा कुरा जनतासँग कार्यक्रम विरुद्ध अदालत जाने – बिर्तामोडकि उपमेयर !


YOU MAY LIKE
MGID

बिर्तामोड । सिधा कुरा जनतासँगले आफुमाथि भ्रमपूर्ण आरोप लगाएको बिर्तामोडकी उपप्रमुख पवित्रा देवी महतरा प्रसाईले बताउनुभएको छ। उहाँले सिधा कुरा जनतासँगको कार्यक्रममा प्रस्तुत भएको घटना विश्वास योग्य नरहेको उहाँको भनाई छ ।

बिर्तामोडमा आन्दोलनका क्रममा गोली लागेर घाइते भएका मणि नेपालीको श्रीमतिलाई जोडेर आफुमाथि गम्भीर आरोप लगाएको भन्दै उपमेयर प्रसाईले अब कानुनी बाटो रोज्ने बताउनुभएको छ । उहाँले मणि नेपालीको श्रीमतिलाई चोरीको आरोप लगाएर घरमा कामबाट निकालेको सिधा कुराको कार्यक्रममा प्रस्तुत गरिएको थियो । उहाँले टिभी कार्यक्रममा देखाएको जस्तो कामबाट ननिकालेको उपमेयरले स्पष्ट पार्नुभयो ।

उहाँको घरबाट औठी हराएपछि पछि नेपालीको श्रीमतिले नै आफुलाई घरमा ल्याएर औंठी दिएको र अहिलेसम्म सम्पर्कमा समेत नआएको जानकारी दिनुभयो । उपमेयर प्रसाईले भन्नुभयो, मैले चोरीको आरोप पनि लगाएको छैन, कामबाट निकालेको पनि होइन । तर, मलाई रवि लामिछानेको समूहले गलत आक्षेप लगायो, म त्यसका विरुद्ध अदालत जान्छु ।

सो कार्यक्रममा प्रसारण भएको भ्रमपूर्ण तथ्यलाई सोहि कार्यक्रमबाट स्पष्ट पार्न समेत नदिएको उहाँको भनाई छ । सिधा कुरा जनतासँग कार्यक्रम कति सथ्य हुदो रहेछ भन्ने कुरा यो पटक आफैले थाहा पाए, उहाँले भन्नुभयो । दुई वर्षदेखि घरमा काम गर्न नआएको विषयलाई यतिबेला बाहिर ल्याउनुमा नियत देखेको प्रसाईको भनाई छ ।

काम गरेको पैसा नदिएको भनेर आफ्नो बद्नाम गर्न खोजेको भन्दै उपमेयर प्रसाई पत्रकार सम्मेलनका क्रममा भन्नुभयो, मैले १ गते तलव दिएको थिए । ४÷५ गतेदेखि उनी आफै आउन छोडिन् । उहाँले घटनाका बारेमा पटक–पटक सत्यतथ्य बताउने भन्दा पनि अहिलेसम्म सो समुह सम्पर्कमा नआएको जानकारी दिएकी छन् ।

सिधाकुरा जनतासँग कार्यक्रमको टीम अहिले देशका विभिन्न स्थानमा पुगेर कार्यक्रम गर्दै आइरहेको छ । केही दिनअगाडी झापाको विर्तामोडमा प्रत्यक्ष प्रशारण गरिएको कार्यक्रममा उपमेयरमाथि आरोप लागेको थियो । उक्त कार्यक्रमै कार्यक्रममा प्रस्तोताले उपमेयरसँग सम्पर्क गर्ने प्रयास पनि गरेका थिए । तर उनको प्रयास भने सफल भएको थिएन । आजको सहारा सन्देशमा समाचार छ

यो पनि विदेशी रक्सिलाइ बन्द गरौ नेपालकै लोकल रक्सिलाइ कानुनी मान्यता दिनुपर्छ (सांसद राई) – प्रदेश नम्बर १ की सांसद उषाकला राईले घरेलु र’क्सीलाई ब्राण्ड बनाई, विदेशी रक्सीलाई बन्द गर्ने कुरा उठाएकी छिन । उनले अन्तर्वार्ता दिदै घरेलु र’क्सीलाई प्र’तिब’न्ध लगाउन नहुने बताएकी छिन् । उनले घरेलु र’क्सीलाई बन्द नगरी ब्राण्डका स्थमा स्थापित गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

सांसद राईले कोदोको लोकल र’क्सीलाई वै’ध बनाएर विदेशी र आयातित रक्सिलाई विस्थापित गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘लोकल बन्द होइन, नंबर १ बनाउनुपर्छ ।’ अन्तर्वार्तामा आफ्नो धारणा राख्दै सांसदले कोदोबाट उत्पादन हुने रक्सीलाई व्यवसायीकरण र औधोगिकरण गर्न सके सिंगो देशको आर्थिक संवृद्धिमा टेवा पुग्ने बताइन् ।

लोकल रक्सीलाई बन्द लगाउने हो भने आयातित विदेशी र’क्सीलाई पनि बन्द लगाउनुपर्ने उनको भनाइ छ । ‘हामीले घर मा बनाएको कोदाको लोकल र’क्सीमा ब्याण्’ड लगायौं, रातो च’न्दनमा लगायौं, गाँ’जामा लगायौं, आफ्नो बहुआयामिक जडीबुटीमा प्रतिबन्ध लगायौं, अनि विदेशी उत्पादनलाई हायर गर्ने, विदेशी र’क्सी बिक्री वितरण गर्ने वातावरण बनायौं । अब विदेशी र’क्सीलाई ब्याण्’ड गरौं, नेपाली लोकल र’क्सीलाई ब्राण्’ड बनाऔं । अर्थात ब्या’ण्ड भ’र्सेज ब्राण्डको नीति अपनाऔं ।’

सांसद राईले केही समयअघि खोटाङमा लोकल र’क्सी न’ष्ट गर्दा समेत वि’रोध जनाएकी थिइन् । हाल आ’दि’बासी जनजाति महिलाले आम्दानीको श्रोतको माध्यम बनाएको लोकल र’क्सीलाई वै’ध उद्योगका रुपमा विकास गर्न सके अन्य जातजातिका समुदायले समेत यसको उद्योग स्थापना गर्ने सांसद राईले बताइन् । ‘ब्या’ण्ड गर्ने हो भने सबै खालका र’क्सीलाई ब्या’ण्ड गरौं । होईन भने कोदाााकोक लोकल र’क्सीलाई लि’गला’इज गरौं, घरेलु उद्योगका रुपमा विकास गर्नमा ध्यान दिऔँ,’

यो पनि पढनुहोस्