Saturday, September 24, 2022

नेपालले सीमा क्षेत्रमा सडक निर्माण रोकेपछि भारतले ओली सरकारमाथि लगायो यस्तो गम्भीर आरोप !


YOU MAY LIKE
MGID

काठमाडौं । भारतले नेपालमाथि गम्भीर आरोप लगाएको छ । भारतले नेपाल चीनको बाटोमा हिड्दै सीमा क्षेत्रमा सडक अन्य विकास निर्माणका कार्यहरुमा अवरोध सिर्जना गर्न थालेको आरोप लगाएको हो ।

तर नेपालको तर्क के हो भने भारतले दशगजा क्षेत्रमा सडक बनाउने नाममा अग्ला अग्ला बाँध बनाएर नेपालमा डुबानको समस्या निम्ताउने गरेको छ । अर्को तिर भारतले नेपालका कारण भारतको बिहार लगायतका राज्यहरु डुबानमा परेको बताउँदै आएको छ । विगतमा वर्षहरुमा जस्तै यस वर्ष भारतले मनपरी रुपमा दशगजा क्षेत्रमा कुनै पनि कार्य सम्पन्न गर्न पाएको छैन ।

दशगजाबाहेकका विवादित क्षेत्रहरुमा पनि नेपालले भारतलाई कडा चेतावनी दिदैँ आएको छ । अहिलेको केपी शर्मा ओली नेतृत्वको सरकारले भारतलाई कूटनीतिक नोट पठाएर सडक र बाँध निर्माणमा आपत्ति जनाएको छ ।

नेपालको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुमा यस बारेमा समाचार आएका छन् । विदेश मन्त्रालयले यस सम्बन्धमा भारतलाई कुटनीतिक नोट पठाएर आपत्ति जनाएको छ । साथै, प्रत्येक वर्ष दुवै देशबीच बाढी र पानी व्यवस्थापन गर्न संयुक्त समितिको बैठक आयोजना गर्न अपील गरिएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले कुनै पनि महत्वपूर्ण विषयमा दुई देशबीच कूटनीतिक नोट दिइनुलाई सामान्य बताउनु भएको छ । उहाँका अनुसार यसमा भारतले भनेजस्तै कुनै नयाँ कुरा छैन । दुबै देशहरू आपसी वार्ताबाट कुनै पनि मुद्दाको समाधान गर्न सक्षम छन् ।

सीमा विवादको बीचमा भारतको तर्फबाट बाढी रोक्न एकपक्ष रुपमा निर्माण गरिएका बाँधहरुको कारण नेपाल डुबानमा परेको गृहमन्त्री राम बहादुर थापा बादलले बयान दिनु भएको थियो । भारतद्धार भएको बाँध मर्मत कार्यलाई नेपालले, नेपालमा बाढीको लागि जिम्मेवार मानेको हो । गृहमन्त्री थापाले संसदीय समितिको बैठकमा भारतको हस्तक्षेपले गर्दा देशको दक्षिणी भागमा प्राकृतिक प्रकोप आएको बताउनु भएको थियो ।

थापाले भारतले सीमा क्षेत्रमा धेरै संरचनाहरू एकपक्षीय रुपमा बनाएको जानकारी दिनुभयो । यस कारणले नेपाल लामो समयदेखि वर्षायामको समयमा डुबानजस्तो गम्भीर संकटको सामना गरिरहेको छ । थापाले भारतद्धार भएको एकतर्फी सडक र अन्य संरचनाको निर्माणले नेपालको तराई डुब्दै आएको छ । भारतले बाँध बनाएर नेपालबाट जाने नदीको पानी रोक्न खोज्दा डुबानको समस्या नसोचेको तरिकाले बढ्दै गएको जानकारी गराउनु भएको हो । जलबोलीबाटनेपालले सीमा क्षेत्रमा सडक निर्माण रोकेपछि भारतले ओली सरकारमाथि लगायो यस्तो गम्भीर आरोप

यो पनि पढनुहोस्