Sunday, October 2, 2022

नेपालले सीमा नाका बन्द गर्दिएपछि भोक-भोकै मर्ने अवस्थामा पुगे भारतीय नागरिक !


YOU MAY LIKE
MGID

भारत, बिहार पूर्वी चम्पारणको रक्सौलमा एउटा सानो पण्टोका गाउँ छ । यो गाउँ भारत–नेपाल सीमाको छेउमा रहेको छ । नेपाल त्यहाँबाट आधा किलोमिटर टाढा छ । यदि तपाईं भारतबाट एकतर्फि आउनुहुन्छ भने सिधा नेपाल पर्छ अर्को तर्फ गयो भने भारत सुरु हुन्छ ।

पण्टोकाका ९० प्रतिशत भन्दा बढी मानिस काम गर्न नेपालको वीरगन्जमा आउँने गर्थे । कोही रिक्शा चलाउने काम गर्थे । कोही मजदुरको रूपमा काम गर्थे । कसैको पसल छ भने, धेरैले घर बनाउने काम गर्थे । यी व्यक्तिहरूलाई नेपाल आउन कुनै कागजात वा कुनै प्रश्नको लागि कहिले पनि सोध्ने गरिएको थिएन् । किनकी नेपाल भारत खुला सीमा भएको मुलुक हो । एक अर्का देशका नागरिक निर्वाध रुपमा हिँडडुल गर्दछन् ।

उनीहरुका बहिनीहरू र छोरीहरू नेपालमा विवाह गरिरहेका छन् । नेपालमा ससुराली भएका धेरै भारतीयहरु पनि पण्टोकामा छन् । वर्षौंदेखि यी मानिसहरूले कहिले पनि महसुस गरेनन् कि भारत र नेपाल दुई फरक देश हुन् । तिनीहरू भारतबाट मिनेटमा नेपाल हिडेरै आउन सक्थे । आधा घण्टा साइकल चलाउँदा वीरगन्जमा पुग्न सक्थे । तर पछिल्लो केहि महिनामा सबै परिवर्तन भएको छ ।

अब उनीहरु नेपाल आउँन खोज्दा सीमामा भएको सशस्त्र प्रहरीले भौतिक कारबाही गर्छ । प्रहरीले उनीहरुको सीमा भन्दा भित्र आउन अनुमति दिँदैनन् । उनीहरुका अनुसार पछिल्लो एक महिनामा उनीहरुमाथि पटकपटक भौतिक कारबाही परिसकेका छन् । पहिलो पटक गाउँलेहरूले महसुस गरे कि यो लकडाउनका कारण भएको हो । तर अब नेपालमा बजार, पसल, अफिस खुलेका छन् ।

भारतमा पनि लकडाउन खोल्ने कार्य सुरु भएको छ । यद्यपि नेपाल–भारत सीमा खुलिरहेको छैन् । पण्टोकामा बस्ने भुनेसरा भन्छिन्, ‘खाने कमाउने जोहो गर्नका लागि म नेपालको वीरगन्जमा जान्थे । चार महिनासम्म जान पाइन् । हामी घरमा बसिरहेका छौं । किनकि रक्सौलमा गर्नका लागि काम केही छैन ।’ नेपाल नै जानु हाम्रो बाध्यता हो । तर अहिले नेपाल जान पाएका छैनौँ । यसैले गर्दा हातमुख जोर्न नै धौ–धौ छ । हामी भोकै छौ ।

अर्का स्थानीय सरजुराम भन्छन्, ‘नेपालका मानिस निर्भय भएर भारत आउँदैछन्, तर हामी जान सक्दैनौँ । यदि हामीहरु नेपाल जान खोज्ने हो भने सीमा क्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मीले रोक्छन् । नेपाल प्रवेश गर्न अनुमति दिदैँनन् । नेपालीहरु हाम्रोमा विना कुनै रोकतोक छिर्छन् ।’ यो किन अन्याय भएको हो सरकारलाई सोध्न चाहान्छु ।

सर्जुरामका अनुसार पण्टोकाका एक व्यक्ति नेपालमा यातायातका लागि काम गर्थे । उनी दैनिक आउने जाने गर्थे । कोही रिक्शा चलाउथे । नेपालमा सबैजनाले गर्नुपर्ने काम थियो । धेरैले कारखानामा काम गर्दै आएका थिए । लकडाउन भए पछि सबै बन्द छ । अब झन दुई देशहरु बीच सीमा विवाद छ, त्यसैले सीमा पहिले जस्तै खुल्ने उनीहरुलाई आश लागेको छैन । यसैले उनीहरुलाई भोकको ठूलो डर छ । बीर बहादुर वलीले जनबोलीमा समाचार लेख्नुभएको छ

यो पनि पढनुहोस्