Tuesday, September 27, 2022

ओलीले गरे मन्त्रिपरिषद् हेरफेरको अन्तिम तयारी, पूर्व–माओवादीका बुहारीमन्त्री र गृहमन्त्री बाहेकको पद जाँदै !


YOU MAY LIKE
MGID

काठमाडौं । नेकपाभित्रको विवाद साम्य नहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको पनि तयारी गर्नुभएको छ । ओलीकै नेतृत्वमा सरकार चलाउने र केही मन्त्री हेरफेर गर्ने गरी सहमति हुने सम्भावना रहेको बालुवाटार स्रोतले जनाएको छ ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएर गठन भएको नेकपाले अहिले सरकार चलाइरहेको छ । ओली नेतृत्वको वर्तमान मन्त्रिपरिषधमा प्रधानमन्त्रीसहित २० मन्त्री र तीन राज्यमन्त्री छन्। सञ्चार र सहरी गरी दुईवटा मन्त्रालय रिक्त रहेको छ। सो मन्त्रिपरिषदमा सात जना पूर्वमाओवादी समूहबाट मन्त्री बनाइएको छ ।अब मन्त्रिपरिषद् पुनर्गठन हुँदा पूर्वमाओवादीका मन्त्रीहरु पनि परिवर्तन हुने देखिएको छ । जसमा दुई जना मन्त्री ‘ग्रिन जोन’मा बाँकी मन्त्री ‘रेड जोन’मा परेका स्रोतको भनाइ छ ।

पूर्व माओवादीबाट गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, ऊर्जामन्त्री वर्षमान पुन, उद्योग मन्त्री लेखराज भट्ट, श्रम मन्त्री रामेश्वर राय यादव र खानेपानी मन्त्री बिना मगरले ओली सरकारमा प्रतिनिधित्व जनाइरहेका छन् । खानेपानी मन्त्री बिना प्रचण्डकी बुहारी पनि हुनुहुन्छ।

यसअघि कार्य सम्पादन मुल्यांकनमा कमजोर नम्बर पाएकी प्रचण्ड बुहारी बिना र गृहमन्त्री बादल ‘ग्रिन जोन’मा परेको र बाँकी रेड जोनमा परेको स्रोतको दाबी छ । बिना प्रचण्डकी बुहारी भएका कारण र बादल ओलीनिकटका नेता तथा गृहमन्त्री परिवर्तन गर्दा शान्ति सुरक्षा कायम गर्नेदेखि विभिन्न विषयमा असर गर्ने भएकाले उहाँलाई निरन्तरता दिनुपर्नेमा ओली–प्रचण्ड करिब करिब सहमत भएका छन् । यो खबर मिडियाडबली बाट लिइएको हो ।

यो पनि पढनुहोस्