Sunday, October 2, 2022

विहेपछि नेपाली चलचित्रलाई माया मारेर श्रीमानसँगै बिदेसीएका नेपाली नायिकाहरु !


YOU MAY LIKE
MGID

काठमान्डौँ । नेपाली सिनेमा वृतमा नयाँ नायिकाहरुको आगमन भएसंगै पुराना नायिकाहरु पलायन भइरहेका छन् । कुनै बेला चलेका प्राय जसो नायिकाहरुले विवाह गरिसकेका छन् ।

विवाह पछि पनि कति नायिका सिनेमामा अझ सक्रिय छन् त कति आफ्नो श्रीमानसंग विदेश पलायन भइसेका छन् । ग्ल्यामर सिने नगरीमा विवाह पछि सक्रिय भएका नायिकाहरु हातमा गन्न सकिन्छ । कुनै समयकी व्यस्त तथा चर्चित नायिका हुन विपना थापा, विपनाले जन्मभूमि, अप्सरा, नाता रगतको, आगोे, तँ त साह्रै बिग्रिस नी बद्रि, मामा भान्जा, मीतिनी, शहिद गेट, ख्यालख्यालैमा लगायत दर्जनौँ सिनेमामा काम गरिसकेकी छिन् । थापाले भारतीय नागरिक आँशुतोष भारद्धाजसंग विवाह गरेकी थिइन् ।

विवाह गरेसंगै उनी भारत गएकी हुन् । हाल थापा भारतको मथुरामा बस्छिन् । विपनाका श्रीमान् व्यवसायी हुन् । विपनाले सिनेमा खेल्न छोडेको धेरै बर्ष भइसकेको छ । उनी आफ्नो छोरा कुशाग्रसंग गृहिणी जिवन रमाइरहेकी छिन् । त्यस्तै नायिका जल शाह, झरना बज्रचार्य, गरिमा पन्त, अरूणीमा लम्साल पनि बिहेपश्चात नेपाली चलचित्र नगरीलाई छोडेर आफ्ना श्रीमानहरुसँग विदेश पलाएन भएका छन् । हाम्रा अन्य समाचारहरु पनि पढ्नुहोस्

यो पनि पढनुहोस्