Tuesday, September 27, 2022

समस्या बोकेर अब न्युज 24 मा जानु परेन, रवि लामिछानेको टीम तपाईंको घरमै आउँदै !


YOU MAY LIKE
MGID

काठमाडौं । विश्वभर फैलिरहेको को’रोना भाइरस (को’भिड–१९) कारण नेपालमा पनि १६ हजार भन्दा धेरै व्यक्ति सं’क्रमित भइसकेका छन् । कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले लामो समय मुलुकलाई लकडाउन घोषणा गरेसँगै यतिबेला जनजीवन प्रभावित बनेको छ ।

 लकडाउन सुरु भएसँगै समस्यामा परेका नेपालीहरुको गुनासोलाई सुन्दै उद्धारको पहल गरिरहेको न्युज २४ टेलिभिजन र सिधा कुरा जनतासँग टिमले अबका दिनमा सातै प्रदेशमा पुगेर गरिबी, दिनदुखी र समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्ने जानकारी दिएका छन् । सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछानेले सामाजिक सञ्जालमा लेख्नुभएको छ “समयको आवश्यकता संगै केहि नयाँ अवधारणाहरुको तयारी गरेका छौ, क्रमशः एक एक गर्दै जानकारी गराउने प्रयास गर्नेछौ ।”

“ला’खौं दर्शकहरूले दिनु भएको माया,बिश्वास र भरोसालाई सहि मार्गमा रुपान्तरण गर्दै जाने र थप जिम्मेवार बन्ने योजनाहरु मध्येको पहिलो पाईला स्वरुप हामी तपाईंको दैलोमा आउदैछौ।” स्थिति सहज हुँदा तपाईं हाम्रो दैलोमा गुनासो लिएर आउनु भो र आज स्थिति असहज हुँदा हामी आफै तपाईंको गुनासो सुन्न आउदैछौ। सातै प्रदेशमा हामी आउदैछौ । यात्रा आगामी आईतवारबाट प्रदेश एक मा हुने भन्दै जानकारी गराइएको छ ।

यो पनि पढनुहोस्