Tuesday, September 27, 2022

दुर्गेश थापाको तिज गित विवादमा, शब्द चोरेको आरोप !


YOU MAY LIKE
MGID

काठमाडौं । हरितालिका तीजलाई लक्षित गर्दै गायक दुर्गेश थापाले बजारमा ल्याएको गीत ‘बीच्चबीच्चमा २’ विवादमा तानिएको छ । एक वर्षअघि सार्वजनिक भएको ‘बीच्चबीच्चमा’ को सिक्वेल गीत ‘बीच्चबीच्चमा २’ को शब्द र संगीत विवादमा तानिएको हो ।

‘बीच्चबीच्चमा २’ माथि शब्द र संगीत चोरेको आरोप दुर्गेश लाई लागेको छ । लोककवि अली मियाँको गीत ‘आकाशमै बादलु डम्मै छ’ बोलको अन्तरा हुबहु चोरेको उनीमाथि आरोप लागेको हो । मियाँको उक्त गीतमा गायिका हरिदेवी कोइराला र प्रेमराजा महतले स्वर दिएका छन् । गायक थापाले आफूले सानोमा गाउँघरमा हुदाँ उक्त गीत सुनेकाले आफूले पनि प्रयोग गरेको तर जानेर नै प्रयोग नगरेको स्वीकार गरेका छन् ।

आफुले धेरै गीतहरु सिर्जना गरीसकेको र त्यतिका लागि चोर्नुपर्ने आवश्यक नभएको उनको स्पष्टिकरण छ । त्यस्तै गायक पशुपती शर्माको ‘कुरो आफैं बुझ मायाले’ गीतको संगीत गायक थापाको सो गीतको संगीतसँग मेल खान्छ ।

विवादकैबीच अहिले गायक थापा ‘बीच्चबीच्चमा ३’ को तयारीमा लागेका छन् । बेसारे नामक सो गीत छिटै बजारमा आउने उनले जानकारी दिए । गायक थापाको तिहार गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीत पनि विवादमा तानिएको थियो । सो गीतमा प्रयोग भएका केही शब्दमा आपत्ती जनाउँदै उनीमाथि उजुरी नै परेको थियो ।

यो पनि पढनुहोस्