Tuesday, September 27, 2022

चिनियाँ राजदुत यान्छीले जोगाइन ओलीको कुर्सी !


YOU MAY LIKE
MGID

काठमान्डौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अन्तरविरोध चर्किदै गर्दा चीनियाँ पक्ष आश्चर्यजनक रूपमा सक्रिय भएको छ । प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दुवै पदबाट हटाउन प्रचण्ड र माधव नेपाल समुह सक्रिय भएपछि ओलीले चीन गुहारेका हुन् ।

नेकपा उच्च स्रोतले दिएको जानकारी अनुसार केहिदिनअघि चिनियाँ पक्षले ओलीको बिरुद्ध नजान प्रचण्डलाई दवाव दिएको थियो ।त्यसपछि नेकपामा आन्तरिक विवाद झन् बल्झिदै जाँदा चिनियाँ राजदूत होउ यान्छीले नै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलगायत शीर्ष नेताहरूसँग राजनीतिक भेटवार्ता गर्नुभएको छ । कोरोना संक्रमण र लकडाउन बेला पनि राजदूत याङछीले शुक्रबार बिहान मात्रै नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग उनीहरुकै निवासमा पुगेर छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नुभएकी उहाँले शुक्रबार प्रचण्ड र नेपालसँग भेट गर्नुभएको हो । यान्छी सोमबार साँझ राष्ट्रपति भवन शीतलनिवास पनि पुग्नुभएको थियो । त्यहाँबाट उहाँले राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सी जिनपिङबीच टेलिफोन वार्ताको सहजीकरण गर्नुभउको थियो ।

दुई देशका राष्ट्रपतिबीच करिब ४५ मिनेट टेलिफोन संवाद सकिएपछि चिनियाँ राजदूत फर्कीनुभएको थियो । राष्ट्रपतिहरूबीच फोनवार्ता हुनुअघि चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग दुईपटक टेलिफोन संवाद गरेको समेत खुलासा भएको छ । दूई वर्षअघि तत्कालीन एमाले र माओवादी एकता घोषणा हुनुअघि पनि उत्तरी छिमेकीको भूमिका यस्तै थियो ।

यहीबीचमा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओसहितका अधिकारी र नेकपा विदेश विभागका प्रतिनिधिमण्डलबीच बुधबार करिब तीन घन्टा लामो भिडियो संवाद भएको थियो । त्यसक्रममा उनीहरुबीच के कुराकानी भयो भन्ने बाहिर आएको छैन । शनिबार अपराह्न ४ बजे बोलाइएको सचिवालय बैठकअगाडि नेकपा नेताहरूले समूहगत छलफल गरे । प्रधानमन्त्री ओलीले उपाध्यक्ष वामदेव गौतमलाई बालुवाटार बोलाएर मनाउने प्रयास गरिरहँदा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच ललितपुरमा भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री ओलीले गौतम, रामबहादुर थापा र विष्णु पौडेलसँग बालुवाटारमा छलफल गर्नुभएको थियो । ओलीले दिनभरको छलफलमा गौतमलाई कन्भिन्स पनि गरेको खुल्न आएको छ । गौतम कन्भिन्स भएलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शीतलनिवास पुग्नुभयो । शीतलनिवासमा राष्ट्रपतिलाई करिब आधा घण्टा भेटेर फर्कनुभएका ओलीले सचिवायलको बैठक सुरु हुनुअघि प्रधानमन्त्री निवासकै गोप्य कोठामा प्रचण्डसँग करिब ४० मिनेट कुराकानी गर्नुभएको थियो । त्यसपछि प्रचण्ड समेत बैठकमा आउदा उज्यालो मुहार लिएर आएको एक नेताले बताएका छन् ।

यो पनि पढनुहोस्