Tuesday, September 27, 2022

नेकपाको आन्तिरक विवादमा मिलाउन एकाएक सक्रिय भइन् चिनियाँ राजदुत !


YOU MAY LIKE
MGID

काठमाडौं । सत्तारुढ नेकपामा राजनीतिक खिचातानी बढ्दै जाँदा चिनियाँ राजदुतको सक्रियता फेरि बढेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँगपनि भेट गर्नुभएको छ ।

नेकपाभित्र आन्तरिक विवाद चर्किरहेका बेला राजदूत यान्छी मंगलबार डल्लुस्थित खनाल निवास जानु भएको हो । भेटमा समसामयिक विषय र आपसी सम्बन्धमा कुराकानी भएको जनाइएको छ । पछिल्ला दिनहरुमा सत्तारुढ दल नेकपाभित्र शक्ति संघर्षका लागि विवाद चर्किरहँदा राजदूत यान्छीले नेकपाका शीर्ष नेताहरुसँगको भेटघाटलाई तीव्रता दिनु भएको हो । आइतबार मात्रै यान्छीले नेकपाका अर्का वरिष्ठ नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेट्नु भएको थियो ।

नेकपाका विदेश विभाग प्रमुखसमेत रहनु भएका नेपाललाई कोटेश्वर पुगेर चिनियाँ राजदूतले भेट्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । उक्त भेटघाटलाई दुवै पक्षबाट नियमित भनिए पनि नेकपाभित्रको आन्तरिक विवाद मिलाउन चिनियाँ राजदूत सक्रिय रहेको राजनीतिक विश्लेषक बताउँछन् ।

राजदूत यान्छीले एक हप्ताअघि मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई भेट्नु भएको थियो । यसअघि राजनीतिक दलविभाजनसम्बन्धी र संवैधानिक नियुक्तिसम्बन्धी अध्यादेश प्रकरणमा नेकपाभित्र विवाद चर्किँदा चिनियाँ राजदूत होउले वैशाख १९ गते नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग उनीहरुकै निवासमा छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग नेकपामा उठेसँगै तनाव उत्पन्न भएको हो । जनबोलीबाट साभार

यो पनि पढनुहोस्