Saturday, September 24, 2022

केपी ओली सत्ता जोगाउन राष्ट्रबादी बनेका हुन् : डा. भिम रावल


YOU MAY LIKE
MGID

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले नेकपा बाहिर हल्ला गरिए जस्तो प्याट्ट नफुट्ने बताउनुभएको छ । गत असार १० गते देखि जारी स्थायी कमिटीको बैठकमा नेकपा भित्रको पछिल्लो विवाद सतहमा आएपछि पार्टी फुटको खवरहरू बाहिर आइरहेका बेला नेता रावलले यस्तो वताउनुभएको हो ।

असार १६ र १७ मा बसेको कमिटीको बैठकमा कूल ४५ सदस्यमध्ये ३० भन्दा बढी सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीले राजीनामा दिनु पर्ने माग गरेका थिए । प्रधानमन्त्री ओलीले पनि गत शुक्रबार अर्का अध्यक्ष प्रचण्डसँग भेट गर्दै आफूले दुबै पद नछाड्ने र यदी पार्टीले कारवाही गरेर हटाए पार्टी विभाजन गर्ने चेतावनी दिएको तथ्यहरु बाहिर आएका थिए । तर, केन्द्रबिन्दुसँगको विशेष अन्तवार्तामा बोल्दै नेता रावलले नेकपाबाहिर हल्ला गरिए जस्तो प्याट्ट नफुट्ने दावी गर्नुभयो ।

नेकपा कुनै एक व्यक्तिले मात्र नभइ लाखौँ जनताको त्यागले बनेको पार्टी भएकाले स–साना विवादमा प्याट्ट नफुट्ने उनको भनाइ छ । नेता रावलले पार्टीको विधान र सिद्धान्तभन्दा बाहिर रहेर केपी शर्मा ओली चलेकाले स्थायी कमिटीमा असन्तुष्टि स्वरुप राजीनामा मागिएको बताउनुभयो । प्रधानमन्त्री ओलीले पार्टी र सत्ता एकलौटी रुपमा चलाएकाले पटक पटक सच्चिन आग्रह गर्दा पनि नसच्चिएकाले राजीनामा मागिएको नेता रावलको भनाइ छ ।

साथै उहाँले भारतीय पक्षको सक्रियतामा नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको निहुँमा आफूको राजीनामा मागियो भन्नु लज्जास्पद भएको बताउनुभयो । कोरोना भाइरसको संकटका बेला सरकारले प्रभावकारी काम गर्न नसकेकाले पार्टीले छलफलको माग गर्दा समेत प्रधानमन्त्री ओलीले वेवास्ता गर्नु, पार्टीको निर्देशन विपरित चल्नु र संसद अधिवेशन अन्त्य गर्दा पार्टीभित्र कुनै छलफल नगर्ने जस्ता व्यवहारबाट आजित भएका नेताले राजीनामा मागेको उहाँको दाबी छ ।

पार्टीको बैठकलाई पटक पटक वेवास्ता गर्नुले ओली पार्टी एकताप्रति गैरजिम्मेवार भएको ठहर्ने नेता रावलको भनाइ छ । बालुवाटारमा चलिरहेको स्थायी कमिटीको बैठकलाई वेवास्ता गरी एकाएक मन्त्रिपरिषद्को बैठकमार्फत चालू संसद अधिवेशन अन्त्य गर्नु गैरजिम्मेवारी पन भएको नेता रावलले बताउनुभयो ।

त्यस्तैगरी पार्टीभित्र देखिएको आन्तरिक विवाद पद र शक्तिका लागि भन्दा पनि विधान र सिद्धान्तका लागि भएको नेता रावलको दाबी छ । पार्टी कार्यालयमा गर्नुपर्ने स्थायी कमिटीको बैठकलाई प्रधानमन्त्री ओलीको सहजताका लागि बालुवाटारमा राख्दासमेत वेवास्ता गर्दै अनुपस्थित हुनु स्वयं प्रधानमन्त्री ओलीको कमजोरी भएको नेता रावलले बताउनुभयो । यो समाचार केन्द्रबिन्दुबाट साभार गरिएको हो ।

यो पनि पढनुहोस्