Tuesday, September 27, 2022

अखिल र युवासंघका नेतालाई बालुवाटार बोलाएर प्रम आलीले भने–अब आन्दोलन थाल्नुस् !


YOU MAY LIKE
MGID

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को १० असारबाट सुरु भएको स्थायी कमिटी बैठकबाट प्रधानमन्त्री ओलीको राजीनामा माग भएसँगै पार्टी फुटको संघारमा पुगेको छ । यसैबीच बिहीबार बिहानदेखि बेलुकीसम्म विभिन्न राजनीतिक घटनाक्रमले मोड लिए ।

स्थायी कमिटी बैठक, आकस्मिक मन्त्रिपरिषद्, कुनै सल्लाहबीनै संसद अधिवेशन अन्त्य, राष्ट्रपतिको भूमिका लगायतका विषयले बिहीबार चर्चा पाएको छ । बढ्दो आन्तरिक किचलोकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ बालुवाटारमा एक भेला गर्नुभयो । भेलामा नेकपाको भातृ संगठन युवा संघ नेपाल र विद्यार्थी संगठन अनेरास्ववियूका केही नेता तथा कार्यकर्ताहरु उपस्थित थिए ।

साँझ प्रधानमन्त्री ओलीले आफूनिकट नेता कार्यकतालाई बालुवाटारमा बोलाएर आफ्नो राजीनामा विरुद्ध सडक आन्दोलनमा उत्रिन निर्देशन दिएको बुझिएको छ ।

पार्टीमा आफू अल्पमतमा पर्ने भएपछि उहाँले सडकमा शक्तिसंघर्षका लागि युवा संघ र विद्यार्थी संगठनका नेतृत्वलाई निर्देशन नै दिएर पठाएको स्रोतले बताएको छ । विद्यार्थी निकट स्रोतका अनुसार स्वतन्त्र युवाहरुको समूह बनेर नेपालको राष्ट्रिय झण्डा बोकेर सडक आन्दोलनमा उत्रन युवाहरुलाई निर्देशित गरेका हुन् ।

बिहीबार पनि माइतिघर मण्डलामा प्रधानमन्त्री ओलीको राजीनामा हुनु हुँदैन भन्दै प्रदर्शन भएको थियो । जबकी, नेकपा नेतृत्वको ७० प्रतिशत हिस्सा उहाँको राजीनामाको माग गरिरहेको छ । सडक आन्दोलनको जिम्मेवारी युवा संघतर्फ सह–संयोजक समेत रहेका रमेश पौडेल र विद्यार्थीतर्फ संयोजक ऐन महरलाई दिइएको छ ।बिहीबार प्रधानमन्त्री ओलीले कुनै सल्लाहबिनै संसद अधिवेशन अन्त्य गरेसँगै नेकपाको किचलोले झनै चर्को रुप लिएको छ ।

संसद अन्त्य गरेर प्रधानमन्त्रीले पार्टी फुटाउने अध्यादेश जारी गर्न बाटो खोलेको भन्दै ओलीविरुद्ध पार्टीमा चर्को आवाज उठिरहेको छ । बालुवाटार छलफलमा सहभागी भएका अनेरास्ववियूका कार्यकर्ता भरत सिंह धामीले प्रधानमन्त्री ओलीलाई ‘युग नायक’ भन्दै सम्बोधन गर्नुभएको छ ।

प्रधानमन्त्रीसँगको भेटघाटबाट बाहिरिएर उहाँले सामाजिक सञ्जालमार्फत लेख्नुभएको छ , “रात्रीकालिन जुझारु क्रान्तिकारी अभिवादन बालुवाटार बाट । युग नायक एवम् सम्माननिय प्रधानमन्त्री क. केपी शर्मा ओली ज्यू सँग युवाहरुको महत्वपूर्ण छलफल र संवाद, आशा उत्साह, ऊर्जा र प्रेरणा प्राप्त भयो, देश र जनताको हित र पक्षमा डटेर लड्ने प्रण र प्रतिबद्धता जाहेर गर्नुभयो, निराश र हतोतसिहत नहुन आग्रह गर्नुभयो ।’

पार्टीभित्र र जनस्तरबाट व्यापक राजीनामाको माग भइरहँदा पार्टीभित्र भएको गुटबन्दीले झनै समस्या जटिल गरेको छ । तर, प्रधानमन्त्री ओलीले आफू निकटस्थ भन्दा बाहेकका कोहीपनि नेता कार्यकर्तालाई बालुवाटार बोलाउनुभएको थिएन । अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेत पार्टीभित्रको बहस पार्टीमै हुनपर्ने भन्दै सडक आन्दोलनमा प्रायोजित ढंगबाट कोहीपनि लाग्न नहुने बताउँछन् ।

उहाँले भन्नुभयो, “युवा विद्यार्थीहरु सडकमा आउने यो बेला होइन, अझ प्रायोजित ढंगबाट सडकमा उत्रिन हुँदैन् ।’ पार्टी एकतालाई एकढिक्का बनाउँन लाग्नपर्ने बेलामा विवादीत काममा कसैको पनि सहभागीता हुन नहुने उहाँको भनाई छ । त्यस्तै, युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ पनि सडकमा प्रधानमन्त्रीको पक्षमा आन्दोलन गर्ने बेला यो नभएको तर्क गर्नुहुन्छ ।

बालुवाटारमा बिहीबार साँझ सापकोटालाई बोलाईएको थिएन् । प्रधानमन्त्रीको पक्षमा सडकमा विरोध भइरहँदा यदी विरोधमा उत्रिनेले पनि सहभागीता जनाएभने अवस्था कस्तो होला ? भनेर प्रधानमन्त्रीले बुझ्नपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीमा कसैलाई नटेर्ने, आफूखुसी निर्णयहरु गर्ने, अनावश्यक निर्देशन पार्टीपक्तिं लाई दिने लगायतका विषयले प्रधानमन्त्री स्वंयलाई समस्या पर्छ ।’ शुक्रबार पनि देशका विभिन्न स्थानमा प्रधानमन्त्रीको राजीनामाको विरोध गर्दै प्रदर्शन सुरु भएका छन् । समाचार दैनिकबाट 

यो पनि पढनुहोस्