Monday, August 8, 2022

स्वर्णधारी गौरिकाले पिसिआर मेसिन किन्न गरिन आर्थिक सहयोग (सम्मान स्वरुप सेयर गरौं)


YOU MAY LIKE
MGID

केही महिना अगाडी मात्र सम्पन्न भएको १३औं दक्षिण एसियाली खेलकुदमा नेपालका लागि कीर्तिमानी चार स्वर्ण जितेकी पौडीबाज गौरिका सिंहले पिसिआर मेसिन किन्नको लागि सहयोग गरेकि छिन । गौरिकाले डडेल्धुरा अस्पतालमा कोरोना परीक्षणका लागि खरिद गरिएको पिसिआर मेसिनका लागि आर्थिक सहयोग गरेकी हुन ।

हाल लन्डनमा रहेकी गौरिकाले मेसिन खरिदका लागि लाग्ने रु १ लाख रुपैयाँ प्रदान गरेकी हुन्। यो रकम हजुरबुबा लोकभक्त राणामार्फत सहयोग रकम प्रदान गरेकी हुन्। गौरिकाको सहयोग रकम ह्युमानिटी फाउन्डेशनलाई प्रदान गरिएको थियो। फाउन्डेसनले सहयोगमार्फत उठेको रकमले पिसिआर मेसिन खरिद गरिसकेको छ। आर्थिक सहयोग पछि गौरिकाले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्रममा लेखेकी छिन मैले पिसिआर मेसिन किन्नका लागि सहयोग गरेँ सक्नुहुन्छ भने कृपया तपाई पनि केहि पैसा दान गर्नुहोस्।

केहि नदिनु भन्दा १० रुपैयाँ दान पनि राम्रो हुन्छ। तीन महिनाअघि गौरिकाका पिता पारस सिंहलाई कोरोना संक्रमण भएको थियो। सिंह लन्डनमा चिकित्शक छन्। पुर्खौली घर सुदूरपश्चिमकको बझाङका सिंह अहिले कोरोना मुक्त भइसकेका छन्। पिसिआर मेसिनका लागि गौरिकासहित अन्य खेलाडी पनि सहयोग गरेका थिए।

जसमा तोक्वान्दो जोडी दिपक विष्ट र आयशा शाक्या पनि आर्थिक सहयोग गरेका छन । यस्तै तेक्वान्दो संघका उपाध्यक्ष भानु चन्द नेपाल भलिबल संघका महासचिव जितेन्द्र चन्द राष्ट्रिय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ क्रिकेट प्रशिक्षक जगत टमाटा र क्रिकेटर नरेश बुढाएरले पनि सहयोग प्रदान गरेका थिए।

१३ त्यस्तै वीरबहादुर महरा निशा रावल हेमन्त भट्टराई सुरेन्द्रसिंह विष्टले पनि सहयोग गरे। भलिबल प्रशिक्षक जगदिश भट्ट कबड्डीका मुख्य प्रशिक्षक तारासिंह भाट कबड्डी प्रशिक्षक विष्ट दत्त कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले पनि पिसिआर मेसिन खरिदका लागि आर्थिक सहयोग गरेको समाचार सेतापाटी छ ।

यो पनि पढनुहोस्