Saturday, September 24, 2022

‘प्रचण्डलाई सुनाइदिनू, मैले अध्यक्ष र प्रधानमन्त्री दुवै छोड्दिनँ’ – प्रधानमन्त्री केपी ओली !


YOU MAY LIKE
MGID

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन भारतसहितका शक्ति लागिपरेको र त्यसमा नेपालका नेताहरूको समेत साथ रहेको भन्ने अभिव्यक्ति दिएपछि आफ्नै पार्टीभित्र झन् अप्ठेरोमा परेका छन् ।

स्वेच्छाचारी कार्यशैलीमाथि प्रश्न उठाउने तयारीमा रहेका असन्तुष्ट नेताहरूलाई ओलीले आइतबार मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा दिएको अभिव्यक्तिबाट थप मसला मिलेको छ । तीन दिन स्थगनपछि मंगलबार बस्ने बैठकमा असन्तुष्ट नेताहरू सरकार हटाउने चलखेल कहाँ, कसरी भयो, त्यसको जवाफ माग्ने तयारीमा छन् ।

स्थायी कमिटी बैठक सुरु हुनुअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनीनिकट नेताहरूले सामूहिक रूपमै भेटेर कार्यशैली सुधार्न आग्रह गरेका थिए ।

अध्यक्ष पुष्पकमल दाहालनिकट स्थायी कमिटी सदस्यहरूसँगको बछलफलको निष्कर्ष सुनाउँदै उनलाई ती नेताहरूले भनेका थिए, ‘अब तपाईंले आफ्नो एकलौटी छोड्नुपर्छ, प्रचण्डजीलाई पनि विश्वासमा लिएर अघि बढ्न तयार हुनुपर्छ ।’

अर्का अध्यक्ष दाहाललाई विश्वासमा लिएरै अघि बढ्नुपर्छ भन्ने कुरामा प्रधानमन्त्री सहमत भए तापनि आफूले राखेको दुईमध्ये एक पद छोडेर जानुपर्छ भन्ने प्रस्तावलाई उनले स्विकारेनन् ।

त्यसैले विभिन्न चरणमा भएका भित्री बैठकहरू निष्कर्षमा पुग्न सकिरहेका छैनन् । दोस्रो तहका नेताहरूसँगको छलफलमा ओलीले अर्का अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालले आफूलाई सहयोग नै नगरेको गुनासो गरेका छन् ।

‘प्रचण्डजी अध्यक्ष भएपछि उहाँले मसँग सरसल्लाह गरेर मेरो सहमतिमा एजेन्डाहरू बाहिर लानुपर्छ तर उहाँ त बाहिरबाहिर गुटगुटमा छलफल गरेर तिनै विषयवस्तु बोकेर मसित कुरा गर्न आउनुहुन्छ,’ अध्यक्षद्वयको मिलनविन्दु पहिल्याउन पहल गरिरहेका दाहालनिकट एक नेताले ओलीको भनाइ उद्धृत गर्दै भने, ‘अहिले मैले अध्यक्ष र प्रधानमन्त्री दुवै पद छोड्दिनँ, यो कुरा प्रचण्डजीलाई सुनाइदिनू ।’ उनले ओलीको भनाइ आफूले दाहाललाई जस्ताको त्यस्तै सुनाइदिएको पनि बताए ।

यो पनि पढनुहोस्