Tuesday, September 27, 2022

प्रचण्डले ओलीलाई भने-दिल्लीले होइन मैले भनेको हुँ, प्रधानमन्त्री र अध्यक्ष छाड्नुस्


YOU MAY LIKE
MGID

काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटीको बैठकमा फेरि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले नभइ आफूले राजीनामा मागेको बताउनुभयो । अध्यक्ष प्रचण्डले मात्रै होइन दुई वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालले पनि प्रम ओलीको राजीनामा मागेका छन् । ओलीले पार्टी विधि र पद्धतिलाई अस्वीकार गर्न नपाउने उनीहरूको भनाइ छ ।

आइतबार मदन भण्डारीको ६९ औं जन्म जयन्तीमा आयोजित कार्यक्रममा ओलीले आफूलाई पदबाट हटाउन भारतसहित नेपालका नेताहरु लागिपरेको दाबी गरेका थिए ।

आफूलाई पार्टीभित्रै पनि हटाउने खेल भइरहेको समेत आरोप लागेपछि नेताहरु थप आक्रोशित भएका हुन् । भारतविरुद्ध बोलेर प्रम ओलीले पार्टीको प्रतिष्ठा गिराएको सदस्यको आरोप छ ।

भारतसँग त्यसरी जुधेर अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित पार्न नसकिने उनीहरुको भनाइ छ । जवाफमा प्रधानमन्त्री ओलीले पार्टीको बैठकमा भएका कुरा दिल्लीको मिडियामा हुबहु कसरी मिले भनेर प्रश्न गर्नुभएको थियो । पछिल्लो समयमा प्रधान्मन्त्री ओलीले पार्टीभित्रैबाट आफू घेरिएको गुनासो गर्दै आउनुभएको छ ।

यो पनि पढनुहोस्