Tuesday, September 27, 2022

भारतलाई धक्का दिने प्रधानमन्त्री ओलीको यस्तो कदमले चारैदिशामा चर्चा !


YOU MAY LIKE
MGID

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई लगातार धक्का दिइरहनुभएको छ । भारतले नेपाललाई हेपेको भन्दै प्रधामन्त्री ओलीले एक पछि अर्को गर्दै भारतलाई दनक दिइरहनुभएको छ ।

नाकबन्दीलाई परास्त गरेर भारतसँग नझुक्ने कदम चाल्नुभएका ओलीले भारतले सदियौँदेखि मिचेको भूमि फिर्ता ल्याउँन चालेको कदमले निक्कै ठूलो धक्का दिइरहेको थियो । यही बीचमा फेरी ओलीले भारतले नेपालको भूमि फिर्ता नगरेसम्म मन्त्रीहरुको भ्रमणमा रोक लगाउने बताउनुभएको छ ।

भारतले नेपाली मन्त्रीहरुलाई दिल्ली बोलाई नेपाल सरकार विरुद्ध प्रदर्शन गराउने भएकोले भारत भ्रमणमा रोक लगाउने प्रधानमन्त्री ओलीले बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘लिपुलेक कालापानी र लिम्पियाधुरा नेपाली भूमि हो र यो भूमि भारतले नेपाललाई फिर्ता गर्नु पर्छ यदि न गरेको खण्डमा हामी जसरी भए पनि हाम्रो बनाउन जानेको छौ ।’

सन् २०१९ मा भारतले आफ्नो देशको नयाँ नक्सा सार्वजनिक गरेको थियो । जसमा नेपाली भूमि लिपुलेक,कालापानी र लिम्पियाधुरा लाई समेत भारतले आफ्नो नक्सामा राखे पछि नेपालमा भारतविरुद्ध प्रदर्सन गरिएको थियो । अहिले हाल भारतले लिपुलेक मा चीनको नाका मानसरोवर जाने सडकको उत्घाटन गरे पछि पनि भारतविरुद्ध प्रदर्शन भई नै रहेको छ ।

यो पनि पढनुहोस्