Tuesday, September 27, 2022

आज असार १५ हिलो खेल्दै दही चिउरा खाने दिन


YOU MAY LIKE
MGID

आज असार १५ को दिन हो । यो समयको आजको दिनमा बिशेष महत्वको साथमा हेरिन्छ । किन भने मानो रोपेर मुरी उब्जाउने महिना मानिने असारको मध्य दिन आज राष्ट्रिय धान दिवस संगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ ।

आजको दिनमा बर्ष दिनलाई पुग्ने खेतमा धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ । कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । दशी चिउरा खादा स्वास्थ्यलाई पनि धेरै फाईदा हुन्छ भनेर भनिन्छ ।

खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज घरमै बसेर परिवार सँगै रमाउदै दही च्यूरा खाई असार १५ आजको दिनलाई बिशेष रुपमा मनाउँछन् ।

आजकै दिन राष्ट्रिय धान दिवस पनि हो । नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । धान दिवसको अवसरमा कास्कीमा विशेष रोपाई महोत्सव गर्ने गरिएको छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । कुल ग्राहस्थ उत्पादनको ७ प्रतिशत, कृषिमा २० प्रतिशत र कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत धानबालीले योगदान पु¥याएको छ ।

देशमा रोजगारको अवस्था सिर्जना नहुदा युवा जनशक्ति पलायन सिमित व्यक्तिका हातमा धेरै जमिन खेतीयोग्य भूमि घडेरीमा परिणत गर्नु आकासे खेतीमा निर्भर सिँचाइको व्यवस्था नहुनु उन्नत जातका बीउवीजन तथा मलखाद तथा अनुदानको राम्रो व्यवस्था नहुँदा धानको उत्पादनमा असर परेको विज्ञहरुले बताएका छन् ।

उन्नत जातका बीउमा किसानको पहुँच पुग्ने हो भने २० प्रतिशतसम्म धान उत्पादनमा वृद्धि गर्न सकिने धानविज्ञहरुले बताएका छन ।  विश्वर कोरोनाको भाईरसले पारेको असरको कारण नेपालमा पनि धेरै भिड भाड गरी हिलो नखेल्न सरकारले नागरिकलाई सचेत बनाएको छ । दही चिउरा खाने र राष्ट्रिय धान दिवसको अवसरमा सम्पुर्ण नेपालीहरुमा शुभकामना ।

यो पनि पढनुहोस्