Monday, September 26, 2022

वृद्ध भत्तामा किर्ते गर्ने वडाध्यक्षविरुद्ध प्रमाणसहित अख्तियारमा उजुरी, भीआईपी कम्युनिस्ट नेतालाई तनाब !


YOU MAY LIKE
MGID

काठमाडौं – काठमाडौं महानगरपालिका वडा नम्बर ४, गीताञ्जली मार्गकी ९६ वर्षीया चिजमाया लिम्बूले आफ्नो वृद्ध भत्ता वडाध्यक्षसहितको समूहले हिनामिना गरेको भन्दै कारबाहीको माग गरेर अख्तियार दुरुपोग अनुसन्धान आयोगमा जाहेर दिएकी छिन् ।

वडाध्यक्ष मोहनबहादुर विष्टसहितलाई वृद्धा लिम्बूले बुधबार आयोगमा किर्ते काण्डमा छानविन गरी कारबाहीको माग गरेर जाहेरी दिएकी हुन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट निर्वाचित वडाध्यक्ष मोहनबहादुर विष्ट, वडा सदस्य दिनेश महर्जन र ध्रुबप्रसाद त्रिपाठीविरुद्ध लिम्बूले अख्तियारमा जाहेरी दिएकी हुन् ।

वडाध्यक्ष विष्टसहितको समूहलाई लिम्बूले आर्थिक वर्ष ०७६÷७७ मा सरकारी कागज किर्ते गरी किर्तेसम्बन्धी कसुर लगाएकी छिन् । काठमाडौं महानगरपालिकाले दिने ‘वरिष्ठ जष्ठ नागरिक महानगर प्रोत्साहत भत्ता’ रु. १२ हजार किर्ते हस्ताक्षर गरेर वडाध्यक्ष विष्टसहितको समूहले हिनामिना गरेपछि लिम्बूले कारबाहीको माग गरेर अख्तियारमा लिखित उजुरी दिएकी हुन् ।

लिम्बूले दर्ता गराएको निवेदनको दर्ता नम्बर ‘सी ०३४५६३’ रहेको छ । यसअघि लिम्बूले सोमबार नाती सुमन लिम्बु र सुरज गुरुङलाई आफ्नो वृद्ध भात्ता लिन वडा कार्यालयमा पठाएकी थिइन् ।

तर, वडाध्यक्ष विष्टले भत्ताका बारेमा जानकारी दिन आनाकानी गर्दै दुर्व्यवहार गरेका थिए । वडाध्यक्ष विष्टले सुमन र सुरजलाई दुर्व्यवहार गरेपछि भनाभन भएको थियो । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल निकट मानिने वडाध्यक्ष विष्टले राजनीतिक पावर देखाएर सोमबारनै पीडितलाई नै प्रहरी बोलाएर पक्राउ गरी थुन्न लगाएका छन् ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी रोशन खड्कालाई वडाध्यक्ष विष्टले रक्षामन्त्री पोखरेलको पावरमा दवाव दिइ वृद्ध भत्ता माग्ने सुमन र सुरजलाई थुनाएको आरोप पीडित पक्षको छ ।

डीएसपी खड्काले किर्ते गर्ने वडाध्यक्ष विष्टसहितको समूहलाई उन्मुक्ति दिएर उल्टै पीडित पक्षलाई सोमबारदेखि थुनामा राखेर झन् पीडा दिइरहेका छन् । नेकपाका सचिवालय सदस्य समेत रहेका उपप्रधान एवम् रक्षामन्त्री पोखरेलले वृद्ध भत्ता किर्ते गरी झ्वाम पारेको अभियोग लागेका वडाध्यक्ष विष्टसहितको समूहलाई बचाउन पावरको दुरुपयोग गरेर प्रहरीलाई दवाव दिएको आरोप छ । यो समाचार मिडिया डबलीबाट लिइएको हो ।

यो पनि पढनुहोस्