Tuesday, September 27, 2022

नागरिकता विधेयक र एमसीसीबारे चुँ पनि नबोलेपछि कांग्रेस नेता गगन थापाको तीव्र खोजी !


YOU MAY LIKE
MGID

काठमाडौँ – बेप्रसंगको विषय र सडकमा मान्छे उतारेर आन्दोलन गर्न विद्याविरीधी गरेको मानिएका नेपाली कांग्रेसका युवा नेता गगन थपाको सामाजिक सञ्जालमा तीव्र खोजी भएको छ । अन्य समयमा उनले विभिन्न अभियान चलाउँदा खोजी हुने गरेको भए पनि यसपटक भने उनी चुपचाप गुमनाम भएपछि खोजी सुरू भएको हो ।

नेपाली कांग्रेसले नागरिकता विधेयकमा अंगिकृतको हकमा नेकपाले प्रस्ताव गरेको जस्तो सात वर्षको प्रावधान राख्न नहुने अडान लिएको छ । कांग्रेसका सांसदहरूले संसदको राज्य व्यवस्था समितिमा विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रस्ताव संविधानको मर्म विपरित भएको भन्दै असहमति प्रकट गरेका थिए ।

आम जनताले चासोपूर्वक हेरिरहेको नागरिकता विधेयक र एमसिसी दुबैमा थापाले मुख नखोलेपछि सामाजिक सञ्जालमा उनको विगतको विभिन्न अवतारको बारेमा चर्चा गर्दै खोजी सुरू गरेका छन । पत्रकार देखि सर्वसाधरणसम्मले गगनबारे विभिन्न प्रश्न गर्दै उनको खोजी गरेका छन ।

गगनको खोजी गर्दै पत्रकार चिरञ्जिवी पाैडेलले फेसबुकमा यस्तो लेखेका छन ‘न एमसीसीको बारेमा बोल्छन् न नागरिकता ऐनको बारेमा मुख खोल्छन् । राष्ट्रियताको विषय उनको प्राथमिकतामा कहिल्यै परेनन् । भारतले गरेको नाकाबन्दीको समेत खुलेर विरोध गर्न सकेनन् । अहिले नागरिकताका सन्दर्भमा कांग्रेसले राष्ट्रियताविरोधि अडान लिइरहँदा उनको मुख फेरि टालिएको छ । देशका संवेदनशील मुद्दाहरुमा संदिग्ध चरित्र देखाउने र सस्तो लोकप्रियताको पछि मात्रै कुद्ने गगन थापालाई ढोंगी नभनेर के भन्ने ?’

गगन थापा अमेरिकी दूतावासको सम्पर्क सुत्र भएको भन्दै यसअधि विभिन्न दस्तावेजहरू समेत सार्वजनिक भएका थिए । जसले गर्दा उनले एमसिसीको बारेमा नबोलेपछि उनको खोजी सुरू भएको हो । यस्तै सबैजसो नागरिकले अंगिकृत नागरिकतामा कडा प्रावधान राख्न माग गरिरकेको सन्दर्भमा गगन चुप बसेपछि उनको खोजी भएको हो ।

यो पनि पढनुहोस्