Saturday, September 24, 2022

“भारतले छोरी दिँदैन भनेर रोएछन्, नदिए नेपालकै छोरीसँग बिहे गर्छन्, यति पनि बुझ्न सकिन्न ?”-बिडारी


YOU MAY LIKE
MGID

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रामनारायण बिडारीले प्रतिनिधि सभाको समितिले पारित गरेको नागरिकता विधेयकबारे प्रतिपक्षी सांसदले गरेको विरोधप्रति राष्ट्रिय सभामा आपत्ति जनाएका छन् ।

उनले वैवाहिक अंगीकृत नागरिकतामा ७ वर्षको प्रावधान राख्ने विषयलाई लिएर मधेशकेन्द्रित दलहरूले गरिरहेको विरोध गलत भएको बताए । मंगलवार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा नेकपा सांसद बिडारीले नेपालको नागरिकता लिएर छोटो समयमा मन्त्री सांसद बन्न नपाउने भएकाले छटपटी भएको आरोप लगाए ।

‘अब भारतका छोरी दिन्नन्, पीर पर्‍यो भनेर एकजना तलतिर बोलेछन् । अब भारतले छोरी दिन्न भनेर रोएछन् । भारतकी छोरी नदिए नेपालका छोराले नेपालकै छोरीसँग बिहे गर्छन् । यति कुरो बुझ्न सकिन्न ?’ बिडारीले भने, ‘भारतीय बुहारीसँग किन डराएको भन्नेले नेपालकी छोरीलाई भारतमा लगेर किन हेपाएको, किन दासी बनाएको भनेर नारा लगाउन मिल्दैन ?’

बिडारीले वंशज मधेसी नागरिकको संरक्षण गर्न जरुरी रहेको बताए । उनले भारतसँग अन्तर्राष्ट्रिय मान्यताअनुसार सीमा व्यवस्थापन गर्नुपर्ने बताए । नेपाली कांग्रेसका सांसद जीतेन्द्र नारायण देवले नागरिकता कानूनबारे सोमवार दिएको अभिव्यक्तिप्रति नेकपाकै बेदुराम भुसालले पनि आपत्ति जनाएका थिए ।

यो पनि पढनुहोस्