Tuesday, September 27, 2022

ओलीले प्रचण्डलाई एमसिसी पारित गराउने भन्दा प्रचण्डको धारणा मौन !


YOU MAY LIKE
MGID

काठमाडौ- प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटघाटका लागी प्रधानमन्त्री निवास बोलाए पश्चात प्रचण्ड मंगलबार साँझ भेट्न पुग्नुभएको थियो । प्रधानमन्त्रीले एमसिसीको विषयमा कुरा गर्न प्रचण्डलाई डांक्नुभएको थियो ।

प्रचण्ड र प्रधानमन्त्री ओली बीच मंगलबार साँझ भेटघाट भएको थियो र उक्त भेटमा प्रधानमन्त्रीले चालु अधिवेशनबाटै अमेरिकी सहायता परियोजना (एमसीसी) गराउने निश्कर्षमा सरकार पुगेको बताउनुभएको थियो । प्रधानमन्त्रीले पार्टीको बैठक अहिलेलाई छाडेर एमसिसीको विषयलाई मुख्य टुंगो लगाउने कुरा गरेका छन् ।

जनआस्था पत्रिकाको अनलाइनमा प्रकाशित समाचार अनुसार प्रधानमन्त्री ओलीले भन्नुभयो, अहिलेको गञ्जागोल माहौलको कारक तपाईं नै हो । ‘संसदमा विचाराधीन एमसीसी प्रस्तावमा पार्टीले हस्तक्षेप नगर्न र संसदबाट निर्णय गराउने क्रममा कुनैपनि किसिमको अवरोध नपुर्याउनु होला ।, प्रधानमन्त्रीले प्रचण्डलाई एमसिसी पारित गराउन कुनै किसिमको अवरोध सिर्जना नगर्न आग्रह गरेको बताईएको छ । प्रचण्ड भने एमसिसी बारे आफ्नो व्यक्तिगत धारणा बारे मौन रहनुभएको छ ।

प्रचण्डले प्रधानमन्त्रीसंग भन्नुभयो, एमसिसी पारित गर्ने नगर्ने बारे मेरो व्यक्तिगत धारणा के छ भन्ने मुख्य विषय भएन । मुख्यत सचिवालयमा अरु कमरेडहरु रहेका कारण सबैसंग छलफल गरेर र पार्टीको महत्त्वपूर्ण निर्णयबमोजिम अघि बढ्नुहोला ।, प्रचण्डले एमसिसीको विषयसंगै पार्टीका अन्य महत्वपूर्ण संरचनाहरूमा समेत घनिभूत छलफल गरेर अघि बढ्न सुझाव दिनुभएको छ ।

यो पनि पढनुहोस्