Saturday, September 24, 2022

गोदावरीका हाकिमको कमाउ धन्दा, छोरी र श्रीमतीका नाममा कमिसनको जग्गा ! सक्दो सेयर गरौँ….


YOU MAY LIKE
MGID

काठमाडौं – ललितपुर जिल्लाको महत्त्वपूर्ण स्थानीय तह गोदावरी नगरपालिकाको कार्यसञ्चालन र विकास योजना सञ्चालनमा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशीको कार्यशैली र सेवाग्राहीप्रतिको व्यवहार दिनप्रतिदिन आलोचित बन्दै गएको छ ।

गोदावरी नगरपालिकामा २०७५ भदौमा सरुवा भएर आएदेखि नै आर्थिक अनियमिततामा व्यापक रुपमा जोडिँदै आएका छन् । अधिकृत जैशी, नगरपालिकाका कर्मचारी, जनप्रतिनिधिसँग पनि सुमधुर सम्बन्ध नराख्ने प्रशासक हुन् । अधिकांश ठेक्का योजना, उपभोक्ता समिति र दैनिक कार्यसञचालनमा समेत आर्थिक चलखेलमा मुछिएका गुनासो आमनागरिकले गर्ने गरेका छन् ।

नेकपा निकट कर्मचारी संगठनको छत्रछायाँमा शक्तिकेन्द्र धाउँदै स्थानीय निकाय चहार्ने कृष्णप्रसाद जैशी योभन्दा पहिला ठोरी गाउँपालिकाको प्रशासनिक अधिकृत हुँदा भ्रष्टाचारको अभियोगमा त्यहाँका जनताले लखेटेका पात्र हुन् ।

जैसी गोदावरी नगरपालिका आएदेखि नगर भित्रका प्रत्येक प्लटिङ हाउजिङहरूमा रकम असुल्ने गरेका छन् । उनले गोदावरी नगरपालिका–१० स्थित डाँडागाउँको प्लटिङसँग कमिसन स्वरुप २ कित्ता जग्गा गरी ९ आना लिएर छोरी र श्रीमतीको नाममा गरेका छन् । अन्य स्थानमा भएका प्लटिङहरू गोदामचौर, झरुवारासी, टाहाखेल लगायतका ठाउँबाट रकम असुल्ने गरेको जनगुनासो छ ।

जैसीले गोदावरी नगरपालिकाको प्रमुख आयस्रोतको रुपमा रहेको ढुंगा खानी क्रसर व्यवसायबाट पनि रकम असुल्ने गरेका छन् । देवीचौर, नल्लु क्षेत्रका मापदण्ड विपरीतका ढुंगाखानी क्रसरसँग रकम उठाउनु उनको प्रमुख आयस्रोत रहेको स्थानीयको आरोप छ ।

वडाहरूले सञ्चालन गरेका साना–साना योजनाको समेत अनुगमन गर्ने भन्दै उपभोक्ता समितिबाट अवैध असुली गर्दै आएका छन् । नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित मेयर गजेन्द्र महर्जन बोर्डमा अल्पमतमा परेको परिस्थितिको फाइदा उठाउँदै क्षेत्र नम्बर १ र ३ बाट निर्वाचित सांसद र नगरमा नेकपा बाट निर्वाचित वडाध्यक्ष र बोर्ड सदस्यको सल्लाह र निर्देशनमा नगरपालिकालाई फेल गराउने गरी कार्यसञ्चालन गर्ने गरेका छन् ।

आमनागरिकको गुनासो सम्बोधन गर्न ३ महिनाअघि तत्काल सरुवाको लागि प्रक्रिया अघि बढाए पनि प्रदेश सांसद चेतनाथ सञ्जेलको आडमा सरुवा रोकिएपछि आर्थिक अनियमितता अझ बढेको छ । जैसी सांसद सञ्जेल निकट मानिन्छ । जैसीले गोदावरी नगरपालिकाको बोर्ड बैठकको गोप्य कुरा समेत सांसद सञ्जेललाई सुनाउने गरेको नेकपाकै वडाध्यक्ष बताउँछन् ।

जैसीको भ्रष्टाचारको सीमा नाघेको कारण यतिखेर स्थानीय जनता निकै आक्रोशमा छन् । जैसीले जुनसुकै योजनामा पनि उपभोक्ता समिति र ठेकेदारसँग बिल पास हुनुभन्दा पहिले नजराना बुजाउनुपर्ने पीडित एक ठेकेदार बताउँछन् ।

जैसीको यस्तो कार्यशैली देखेर स्वयं नगरपालिकाका कर्मचारी समेत रुष्ट छन् । जैसीको यस्तो कार्यशैली देखेर स्थानीय जनता जैसीलाई कालोमोसो दल्ने तयारी गरेको स्थानीय श्याम महर्जनले बताए । मिडिया डबलीमा समाचार छ 

यो पनि पढनुहोस्