Sunday, October 2, 2022

लद्दाखमा ३६ हजार गोर्खा सैनिकलाई भारतले पठाउँदै !


YOU MAY LIKE
MGID

काठमाडौं – भारत र चीनबीच सीमा विवादलाई लिएर तनाब बढेको छ । पछिल्लो समय लद्दाख क्षेत्रमा बढेको तनावलाई लिएर दुई मुलुकबीच वार्ता भइरहेका बेला सोमबार राति भएको दुई पक्षीय झडपमा केही सैनिकले सहादत प्राप्त गरेका छन् ।

उक्त झडपबारे दुवै मुलुकले एकअर्कालाई आरोप लगाइरहेका छन् । चीनले भारतका कारण सो घ,टना हुन पुगेको आरोप लगाएको छ भने भारतले चीनबाट आक्रमण भएको प्रत्यारोप लगाएको छ । बुधबार दिउँसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो घटनामा सहादत प्राप्त सैनिकहरुको बलिदानी खेरा जान नदिने प्रतिबद्धता जनाएका छन् ।

बुधबार गृहमन्त्री अमित शाहसँगै १५ वटा राज्यका मुख्यमन्त्रीहरूसँगको भिडियो कन्फ्रेन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारतले शान्ति चाहेको बताए । सँगै उनले यही भारतलाई उक्साएमा त्यसको जवाफ दिन पनि तयार रहेको बताए । पूर्वी लद्दाखको गलवान उपत्यकामा ’लाइन अफ एक्चुअल कन्ट्रोल’को विषयलाई लिएर भएको चिनियाँ सैनिकसँगको झडपमा २० जना भारतीय सैनिकले ज्यान गुमाएका छन् । यसबारे प्रधानमन्त्री ओलीको धारणा सार्वजनिक भएको हो ।

उता चीनले पनि आफूले हिंसा नचाहेको बताएको छ । सीमा क्षेत्रमा अब यस्ता घटना नहोस् भन्नेमा आफूहरुले चाहेको चिनिया विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बताएका छन् । चीन र भारतबीचको भिडन्तको अवस्थाले नेपाललाई पनि चिन्तित् बनाएको छ । दुवै देशको छिमेकीको नाताले मात्रै होइन भारतीय सैनिकमा नेपाली नागरिक पनि रहेका छन् ।

जब भारतको चीन र पाकिस्तानसँग भिडन्तको कुरा उठ्ने बित्तिकै गोर्खा सैनिकलाई अग्रपंक्तिमा राख्ने तयारीबारे विभिन्न विवरण आउने गरेका छन् । अहिले पनि लद्दाखमा भारतमा गोर्खा राइफल्समा कार्यरत ३६ हजार नेपालीलाई पठाउने तयारीबारे अपुष्ट खबर आइरहेका छन् ।

३६ हजार गोर्खा सैनिकलाई लद्दाख पठाउने तयारीबारे भारतीय पक्षबाट हालसम्म कुनै औपचारिक धारण सावर्जनिक भएको छैन । तर, आम नेपालीमा ३६ हजार गोर्खा सैनिकलाई लद्दाखमा पठाउन लागेको हल्ला चलिरहेको छ । तर, यसबारे भारतले केही बताएको छैन । Canada Nepal समाचार छ l

यो पनि पढनुहोस्