Monday, September 26, 2022

आफ्नै देशको नक्साविरुद्ध उभिएकी सरिता गिरीको सांसद पद निलम्वन हुने !


YOU MAY LIKE
MGID

काठमाडौं- समाजवादी पार्टीले सरिता गिरीलाई प्रतिनिधि सभा सांसद र पार्टी दुवैबाट निलम्बन गर्ने भएको छ। नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका क्षेत्रलाई समेटेर सरकारले संविधान संशोधनविरुद्ध गिरीले प्रस्ताव पेश गरेपछि निलम्बन गरिने भएको हो।

‘उहाँले पार्टीको निर्णय विपरीत संसदमा विधेयक प्रस्तुत गर्नु भएको थियो । पार्टीले त्यो फिर्ता लिन र संविधानको अनुसूची संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो,’ एक नेताले भने, ‘उहाँले पार्टीको ह्वीप मान्नु भएन, त्यसैले स्वतः कारवाहीमा पर्नु हुन्छ ।’ पार्टीले बोलाएर सम्झाउँदा पनि गिरीले पार्टीको निर्णय समेत लत्याएको उनले बताए ।

पार्टी नेताहरु उपेन्द्र यादव बिराटनगरमा र डा. बाबुराम भट्टराई गोरखामा भएकाले दुवै नेता काठमाडौं फर्कना साथ पार्टीको साधारण सदस्यबाट समेत हटाइने र सांसद पद स्वतः निलम्वनको जानकरी संसदलाई गराइने स्रोतले दावी गरेको छ ।

संविधानको धारा ८९ को (ङ) मा जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यस्तो दलले दल त्याग गरेको कुरा सूचित गरेमा सांसद पद निलम्वन हुने प्रावधान छ । समाजवादी पार्टीकी नेतृ गिरी खस आर्यको कोटाबाट समानुपातिकतर्फकी सांसद हुन् ।

यो पनि पढनुहोस्