Saturday, September 24, 2022

मोटरसाइकलमा २ जना यात्रा गर्न पाउने तर यी नियम ख्याल गर्नुहोला !


YOU MAY LIKE
MGID

काठमाडौं – जनस्तरमा चर्काे विरोध भएपछि मोटरसाइकलमा २ जना यात्रा गर्न नपाउने नियम हटाइएको छ । आज सोमवारदेखि मोटरसाइकल र स्कुटरमा २ जना पनि यात्रा गर्न पाउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले नागरिकलाई समस्या भएको गुनासो बढेसँगै १ जना मात्रै यात्रा गर्नुपर्ने नियम हटाएर २ पाङग्रे गाडीलाई पनि जोर–बिजोर अनुसार चलाउने निर्णय गरेको बताएका छन् । ‘नागरिकको हितलाई ध्यानमा राख्दै हामीले मोटरसाइकलमा २ जना यात्रा गर्न पाउने व्यवस्था गरेका हौं, सोमबार बिहानैदेखि यो नियम लागू भइसकेको छ,’ उनले भने ।

गत शुक्रवार ४ पाङग्रे निजी गाडीलाई जोर–बिजोर र २ पाङग्रेमा २ जना यात्रा गर्न नपाउने नियम बनेको थियो तर यो नियम अव्यावहारिक भन्दै विरोध बढेपछि २ दिनमै सरकारले निर्णय सच्याएको छ ।

४ पाङग्रे निजी गाडी जस्तै अब मोटरसाइकल पनि जोर दिन जोर नम्बरका र बिजोर दिन बिजोर नम्बरका मोटरसाइकल चल्ने छन् । प्रेस, ढुवानी लगायतका गाडीमा भने यो लागू हुने छैन । सरकारले अझै केही दिन सार्वजनिक गाडी भने चलाउन रोक लगाएको छ । कोरोना भाइरसको जोखिम बढिरहेकाले सार्वजनिक गाडी तत्काल नचल्ने जनाइएको छ ।

लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यकाका सडकमा गाडीको चाप बढेको छ । महानगरीय ट्राफिक महाशाखाका अनुसार सडक ओहोरदोहोर गर्नेलाई ट्राफिक प्रहरीले सचेतनामूलक प्लेकार्ड देखाउन थालेका छन् । प्लेकार्डमा कोरोनाको जोखिम बढेकाले भौतिक दूरी पालना गरेर यात्रा गर्न र ट्राफिक नियमको पालना गर्न आग्रह सहितको प्लेकार्ड काठमाडौंका चोकचोकमा रहेका ट्राफिक प्रहरीले देखाउन थालेका छन् ।

यो पनि पढनुहोस्