Wednesday, February 8, 2023

रोशनी भन्छिन् : प्रचण्डले पनि सेक्स पार्टनर राखेका छन्, महराले ट्वालेटमा समेत छोडेनन्..


YOU MAY LIKE
MGID

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा रोशनी शाहीको नामबाट लगातार माओवादी केन्द्रका नेताहरुमाथि प्रहार भइरहेको छ । तत्कालिन सभामुख कृष्णबहादुर महरासँग नाम जोडिएपछि चर्चामा आएकी उनले आलै उनै महरासँगको एक तस्विर साझा गरेकी थिइन् ।

पछिल्लो समय उनले महरामाथि निरन्तर आक्रमण गरिरहेकी छिन् । एउटा तस्विर साँचो भएको दाबी गर्दै उनले लेखेकी छिन्, ‘२०७६ असोज १२ गते बेलुका ७:१५ बजे यीन(महरा) लाई न बिहान न साँझ न घर न कार्यालय जुन ठाउँमा पनि एक पटक त ट्वालेटमा समेत छोडेनन् ।’ त्यसपछि उनले पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि सेक्स पार्टनर भएको दाबी गरेकी छिन् ।

उनले लेखेकी छिन्, ‘प्रचण्डको पनि सेक्स पार्टनर छ यो कुरा ३ वर्ष अगाडि महराले मलाई भनेका थिए ।’ महरासँगको तस्विर साँचो भएको दावा गर्दै उनले महरासँग अहिले पनि बोलचाल हुने बताइन् । महराले अहिले पनि बेला बेलामा फोन गरेर गाली गर्ने गरेका कारण आफूले तस्विर लिक गरेको शाहीले जानकारी गराइन् ।

उनले भनेकी छिन्, ‘महरा दाङ जानुभन्दा पहिले मसंग गोप्य रुपमा भेटेका छन्, उनले फागुन महिनामा फेरि भेट्ने भिसा बनाएर अन्तै जाने पनि भनेका छन् ।’ शाहीले अगाडि लेखेकी छिन्, ‘म १२ वर्षको हुँदादेखिकै रिलेशन हो, नपत्याउनुस् कसैले… तर सत्य यहीँ हो ।

महरा म्याडमलाई यो कुरा थाहा थियो । जब म गर्भवती भए ३ महिनाको गर्भवती । दाङ लगेर विष्णु दिदी त्यतीँ बेलाको नाम चलेको नर्स हुनुहुन्थ्यो । त्यहाँ लगेर सीताले तीन महिनाको बच्चा फालिन् ।’ उनका अनुसार महराको यौन इच्छा बढ्दै गयो, केही सीप नलागेर उनले पार्टीमा कुरा राखिन् ।

उनको कुरालाई कसैले गम्भीर रुपमा लिन मानेन् । १४ वर्षको हुँदा महराका कार्यकर्ता चित्रजंग शाहीसंग औपचारिकताका नाममा विवाह गर्दिएको उनको आरोप छ । बिहे गर्दा तिम्रो मेरो भेट भैरहन्छ भनेर महराले फकाएका थिए । रोशनीले थप भनेकी छिन्, ‘उनले गरेको पापको भोगाई भोगेपनि मलाई अझै महराले डर धम्कि दिएर भेट्न बोलाउँछन् ।’ माओवादीका अन्य नेताहरुका बारेमा पनि रोशनी शाहीको फेसबुकबाट यस्तै आरोपहरु लगाइएको छ । Sorce: janboli

यो पनि पढनुहोस्