बिहानीपखको मिरमिरे उज्यालो, म मस्त निन्द्रामा थिएँ। फोनको घन्टी बज्न थाल्यो, त्यो फोनको घन्टीभन्दा प्यारो मेरो लागि त्यो बिहानीपखको निद्रा थियो। फोन साइलेन्ट गरेर सुतिरहेँ। दोहोर्याएर बजेको फोनको घन्टीले निद्रालाई छोडेर उठ्न बाध्य बनायो। फोन गर्ने अरू कोही नभएर सागर रहेछ।
अघिल्लो दिन नै म र सागर नगरकोट घुम्न जाने प्लान भएको थियो। छिट्टै निस्क भन्न फोन गरेको रहेछ। सागर र म दुई वर्षदेखि प्रेममा थियौं। म घरमा साथीहरूसँग घुम्न जाने बहाना बनाएर निस्किएँ। घर छेउ मै सागर लिन आएका रहेछन्। हामी त्यहाँबाट नगरकोटतिर लाग्यौं।
नगरकोट म पहिलोचोटि गएको थिएँ, सागर त्योभन्दा पहिले धेरैचोटि गैसकेको रहेछ। नगरकोटको शिरशिरे हावा, त्यो मन नै लोभ्याउने भ्यू, भ्यू टावरबाट देखिने ती हिमश्रृङ्खला निकै आकर्षक देखिन्थे।
मौसम बिहानदेखि पानी पर्ला, पर्लाजस्तो भएको थियो नभन्दै पानी पर्यो। घडीले रात पार्नै आँटेको थियो। हामी एक प्रेमिल जोडी एकअर्कामा मग्न, मख्ख हुँदै बिहे भएका जोडी हेर्दै हाम्रो पनि त्यही दिन आउँछ भन्दै मीठा मीठा गफ गर्दै थियौं।
पानीका एक दुई फोका झर्न थाले, हामी खाजा खान भनेर एउटा लजमा गयौं। खाजा खाँदै हामी एक अर्कालाई मुखामुख हेर्दै थियौं। खाजा खाएर सकियो तर पानी झन् बढ्दै आउन थाल्यो। घडीले रात झमक्कै पार्यो। पानीमै भए नि हामी फर्किन लाग्यौं। अलि तलमात्रै आइपुगेका थियौं पानीको बेगले बाइक चलाउन नै गाह्रो भएको थियो सागरलाई।
तर सागर मभन्दा परिपक्व थिए सबै कुरामा। मलाई बच्चालाई जस्तो एकोहोरो माया गरिराख्छन सधैं। उनको घरमा बिहे गर्ने सल्लाह भएछ मेरो भने दुई वर्षपछि गर्ने कुरा थियो।
तर हामी दुई एक भएपछि कस्को के लाग्छ र १ बिहे गर्ने भैइयो। मेरो आमा बाबासँग सागरले नै कुरा गरे विवाहको लागि। सागरमा खोट लगाउने ठाउँ नै थिएन। पेशाले सिभिल इन्जिनियर थिए सागर। बाबा आमाले सागरको एकै वचनलाई सहर्ष स्वीकार्नु भयो।
प्रेममा परेको करिब तीन वर्षपछि हाम्रो प्रेम विवाह हुन पुग्यो। मेरो शरीर छोएका उनले मेरो सिउँदो छुन पुगे। मेरो योनीमा भएको मेरो इज्जत जोगाइदिए। सेतोपाटीबाट साभार गरिएको ।