Wednesday, February 8, 2023

अति नै भएपछि भर्खरै रबी लामिछानेले लेखे १० बुदे यस्तो स्टाटस, मिनेटमै भयो भाइरल !


YOU MAY LIKE
MGID

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबी लामिछाने आम निर्वाचनमा प्रतिनिधि सभामा भारी मतले निर्वाचित भएपछि पहिलोपटक यस्तो स्टाटस लेखेका छन । देशभर स्वतन्त्र पार्टीले राम्रो नतिजा हात परेपछि सबै अचम्मित भएका छन ।

देशभर समानुपातिक मत पनि राम्रो ल्याएको छ । अहिले चौथो स्थानमा छ । यो लहरले ठुला राजनैतिक दलहरुलाई चुनौती थपेको छ । यसै क्रममा अध्यक्ष लामिछानेले एउटा भावुक स्टाटस लेखेका छन जुन अहिले भाइरल भएको छ ।

हेर्नुस रबी लामिछानेले लेखेको स्टाटस
आजबाट विजयको खुसियाली मनाउने सम्पुर्ण कार्यक्रमहरु सकिएको जानकारी गराउन चाहन्छु। सबै माध्यमबाट तपाईंले दिनु भएका शुभकामनाहरुलाई यहि बाट एकमुष्ठ धन्यवाद दिन चाहन्छु । आफ्ना केही कुरा बुंदागत रुपमा राखें।

१) मेरो चुनावी खर्च ११ लाख ८१ हजार ४ सय ७२ रुपैयाँ देखिएको छ। (पछि सम्मका लागि सोचेर खरिद गरीएका अतिरिक्त कार्यालय सामग्रीहरुको हिसाब जोडिएको छैन)२) कार्यकाल भरी कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने निधो गरेको छु।

३) सबै संघ संस्थाहरुको हकहितको नितिगत काममा दिलोज्यानले लाग्नेछु तर ती कार्यक्रमहरुको उद्घाटन, आसनग्रहण भाषणहरुमा म सहभागी हुने छैन तर आफ्नो साटो एक जना प्रतिनिधि अनिवार्य पठाउने छु। (पहिले नै वाचा गरेका ७ वटा कार्यक्रममा चाहिँ जानै पर्ने छ। ती कार्यक्रमहरुमा १ घण्टा भन्दा बढि समय लगाउने छैन)४) भोज,भतेर,पारिवारिक उत्सव जमघट आदिमा सहभागी हुन सकिन भने माफ गरिदिनु होला।

५) मिडियाहरुमा अन्तर्वार्ता दिने र पार्टीका नितिहरु बारे बोल्ने जिम्मा पार्टीका अन्य साथीहरूलाई दिइएको छ। प्रवक्ता तथा सूचना अधिकारीहरुले यसमा सहयोग गर्नु हुने छ।६) प्रत्यक ४/४ महिनामा सार्वजनिक सुनुवाइमा सार्वजनिक स्थानमा नागरिकलाई जवाफ दिन भने म आफै उपस्थित हुनेछु।

७) कुनै पनि रेस्टुरेन्ट, होटल, सिनेमा हल, पार्किङ आदिको सेवा सित्तैमा लिने छैन। अरु ग्राहकलाई झै समान मूल्य तिराउनु होला। कुनै किसिमका उपहार,मायाको चिनोहरुमा एक पैसा पनि खर्च नगर्नु होला।८) औपचारिक शपथग्रहणको दिन वा त्यस अगावै आफ्नो चुनावी खर्चको पुर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेछु।

९) सपथग्रहण लगत्तै आफनो नम्बर सबैका लागि सार्वजनिक गर्नेछु। त्यतिन्जेल सम्मका लागि आफ्ना गुनासो वा सुझाव भए लिखित रूपमा चितवन ११ स्थित घरमा राखिएको “भन्नुहोस् के सेवा गरौ” लेखिएको बाकसमा खसाउनु होला।

१०) लामो लामो राजनीतिक छ्लफलहरु भन्दा सुशासन, समृद्धिका अर्थपुर्ण छ्लफलहरुमा मेरो रुचि रहनेछ। आर्थिक विकास, रोजगारी सिर्जना, आत्मनिर्भरता, समुदायमा युवाहरुको संलग्नता, महिला सशक्तीकरण जस्ता विषयका सटिक र अर्थपुर्ण बहसहरुमा सहभागीहुन म खोजी खोजी आउने छु।

अन्त्यमा,राजनीतिक भेटघाट र पार्टीको महत्वपुर्ण कामका लागि आज साँझ काठमाडौ जादैछु। केही दिनमा नै चितवन २ मा आफ्नो कार्यालय खोलेर तपाईहरुको सेवामा समर्पित हुनेछु। पुर्ण चुनावी नतिजा र संसदीय प्रक्रिया नस्किउन्जेल धैर्य पुर्वक बसिदिनु होला।म सम्भव भए सम्म धेरै भन्दा धेरै समय आफ्नो चुनावी क्षेत्रमा नै रहने वाचा गर्दछु। हामी आज बाटै काममा लाग्यौं।

नेपालको विकासमा अमेरिकी सहयोग निरन्तर रहने
काठमाडौँ — नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले नेपालको आर्थिक समृद्धिका लागि अमेरिकी सरकारले विशेष सहयोग गर्दै आएको बताएका छन् ।उनले नेपालको समग्र विकासका लागि विभिन्न क्षेत्रअन्तर्गत परियोजनामार्फत विशेषगरी शिक्षा, स्वास्थ्य, कृषि, विपत्, वातावरणलगायत क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको बताए ।

पश्चिम नेपालको भ्रमणका क्रममा नेपालगञ्ज आइपुगेका राजदूत थम्प्सनले नेपालमा सूचना, प्रविधि र अंग्रेजी भाषाका विशेष कार्यक्रम ल्याउने तयारी भइरहेको बताए । उनले भने, ‘नेपालमा धेरै काम गर्न अझ बाँकी छ, यहाँका सडक, जलविद्युत्, विभिन्न साना तथा मझौला उद्योगको विकासमा विशेष जोड दिन चाहन्छौं ।’

नेपालमा सञ्चालित विभिन्न कार्यक्रमले समुदायस्तरका नागरिकमा राम्रो परिवर्तन ल्याएको उदाहरण भ्रमणका क्रममा भेटिएको भन्दै राजदूत थम्प्सनले समावेशिताको कुरामा सुधार भएको र सीमान्तकृत तथा अल्पसंख्यक समुदायलाई पनि थप सहयोग पुगेको बताए ।

अमेरिकाले अब निजी क्षेत्रको सहकार्यमा लगानी गर्ने तयारी गरिरहेको उल्लेख गर्दै उनले भने, ‘नेपाललाई विकसित मुलुकको सूचीमा पार्नका लागि यहाँ विकासका पूर्वाधार तयार गर्न बाँकी छन्, त्यसलाई पूरा गर्न अमेरिकी सरकारको सहयोग निरन्तर रहनेछ ।’ Lalmoharnews

यो पनि पढनुहोस्