Wednesday, February 8, 2023

फाइनल खेलअघि अनलाइन सर्वे : विश्वकप जित्ने सम्भावना कसको धेरै छ ?


YOU MAY LIKE
MGID

२२औं संस्करणको फिफा विश्वकप फुटबलमा भोलि (आइतबार) फाइनल खेल हुँदैछ । यसपटक उपाधिका लागि साबिक च्याम्पियन फ्रान्स र अर्जेन्टिना प्रतिस्पर्धा गर्दैछन् । दुवै टिमले यसअघि समान २–२ पटक उपाधि जितेका छन् । भोलि राति दुवै राष्ट्र एकअर्कालाई हराएर तेस्रोपटक विश्वक च्याम्पियन बन्ने होडमा रहेका छन् । यसपटक कसले उपाधिमा बाजी मार्ला ? फ्रान्सले ब्याक टु ब्याक उपाधि जित्ला कि अर्जेन्टिनाले ३६ वर्षपछि उपाधि जित्ला ? यसमाथि धेरैको चासो रहेको छ । यो फाइनल एक हेभिवेट खेल हुन गइरहेको छ ।

विश्वकपको फाइनल खेल हुनुभन्दा २ दिनअघि एक अनलाइन सर्वे नतिजा आएको छ, जसमा फाइनल खेल्न लागेका फ्रान्स र अर्जेन्टिना मध्ये उपाधि जित्ने सम्भावना कसको धेरै छ भनेर अनुमान गरिएको छ । विश्वभरबाट १ लाख ७ हजारभन्दा बढी मानिस सहभागी यो अनलाइन सर्वे नतिजा अनुसार लियोनल मेस्सीको टिम अर्जेन्टिनाको उपाधि जित्ने सम्भावना धेरै छ । सर्वेमा सहभागी १ लाख ७ हजार मानिस मध्ये ५३ प्रतिशतले अर्जेन्टिनाले फ्रान्सलाई हराएर उपाधि जित्नेमा मत दिएका छन् ।

त्यसैगरी, सन् २०१८ को रसिया विश्वकपको च्याम्पियन फ्रान्सले यसपटक पनि उपाधि जित्छ भन्नेमा ४७ प्रतिशतले मत दिएका छन् । मात्रै ३ प्रतिशत बढी मानिसले फ्रान्सभन्दा अर्जेन्टिनालाई उपाधिका लागि बलियो दाबेदार मानेका छन् । जस अनुसार विश्वकप जित्ने सम्भावना फ्रान्सको ४७ र अर्जेन्टिनाको ४७ प्रतिशत रहेको छ । यी दुई टिम लगातार दोस्रो विश्वकपमा खेल्न लागेका हुन् । तर, २०१८ को विश्वकपका उनीहरू अन्तिम १६ भिडेका थिए भने यसपटक फाइनलमा भिड्दैछन् । रसिया विश्वकपका अर्जेन्टिनालाई फ्रान्सले ४–३ ले पराजित गरेको थियो ।

भोलि हुने फाइनल खेलमा अर्जेन्टिना ४ वर्षअघि भोगेको हारको बदला फाइनलमा लिन चाहन्छ । क्लब फुटबलमा सहकर्मी रहेका लियोनल मेस्सी र केलियन एमबाप्पे बीच भोलि विश्वकपको फाइनलमा हुने प्रतिस्पर्धा बडा आकर्षक र रोमाञ्चक हुनेमा दुईमत छैन । भोलि एमबाप्पे मेस्सीको टिमलाई हराएर लगातार दोस्रोपटक विश्वकप जित्ने दाउमा हुनेछन्, त्यो पनि २३ वर्षको उमेरमा । उता, मेस्सी ३५ वर्षको उमेरमा पहिलो विश्वकप जित्ने प्रयासमा हुनेछन् ।

यो पनि पढनुहोस्