Tuesday, September 27, 2022

लकडाउनलाई लिएर सरकारले गर्यो यस्तो गम्भीर परिवर्तन, यसरी व्यवसायदेखि बैंकसम्म खोल्ने !


YOU MAY LIKE
MGID

काठमाडौं । दुई महिना भन्दा लामो समयदेखि जारी लकडाउनलाई लिएर सरकारले नयाँ व्यवस्था लागु गरेको छ । सरकारले उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्ट स्टोर खुला गर्ने निर्णय गरेको हो ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले सबै उद्योग, व्यापार व्यवसाय पसल र डिपार्टमेन्ट स्टोर खुला गर्ने निर्णय गरेको हो । तर सपिङ मल भने खोल्न नपाइने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।

अर्को तिर सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ंक, वित्तीय संस्थाका कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ । कोरोना महामारी रोकथामका लागि सुरक्षात्मक उपाय अपनाउन र कर्मचारीबीच दूरी कायम गर्न कार्यालय दुई सिफ्ट चलाउने निर्णय बुधबारको मन्त्रिपरिषद बैठकले गरेको हो ।

असार १ गतेदेखि सबै सरकारी, निजी र बैंक तथा वित्तीय संस्थाका कार्यालय विहान ८ बजेदेखि १ बजेसम्म र १ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।

आर्थिक वर्षको अन्तिम समय भएकाले धेरै काम हुने र कार्यालयमा पनि भौतिक दूरी कायम गर्नुपर्ने भएकाले दुई सिफ्टमा सञ्चालन गर्न लागिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री खतिवडाले जानकारी दिनुभयो ।

सरकारले गत वर्ष चैत ११ गते देखि लकडाउन सुरु गरेको थियो । त्यस दिनदेखि अत्यावश्यक सेवाबाहेक अन्य सरकारी कार्यालय बन्द रहेका थिए । जनवोलीबाट

यो पनि पढनुहोस्