Saturday, September 24, 2022

भारतको पक्षमा बोल्ने सरिता गिरीमाथि कारवाही प्रक्रिया अगाडि बढ्यो (पत्रसहित)


YOU MAY LIKE
MGID

काठमाडौं – भारतले नेपाली भूमि कब्जा गरेर बसेकाले बेला त्यसलाई फिर्ता गर्न नेपालका सबै राजनीतिक दलले पहल गरिरहेका छन् । तर जनता समाजवादी पार्टी (जसपा) सांसद सरिता गिरीले भारतको पक्ष लिएर बोल्ने गरेकी छन् ।

बुधबार सांसद गिरीले सरकारले प्रस्ततु गरेको संविधान संशोधन विधेयकको दफा २ खारेज गर्न संशोधन प्रस्ताव दर्ता गराएकी छन् । उनले विभिन्न अन्तर्वार्तामा लिम्पियाधुरा नेपालको भूमि नभएको जिद्दी समेत गर्ने गरेकी छन् ।

नेपाली भूमिविरुद्ध बोल्ने सांसद गिरीलाई समाजवादी पार्टीले संशोधन प्रस्ताव फिर्ता लिन कडा निर्देशन दिँदै फिर्ता नलिएमा कारबाही गर्ने चेतावनी दिएको छ । भारतको पक्ष लिने सांसद गिरीमाथि समाजवादी पार्टीले कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

कारवाहीको लागि सुरूमा गल्ती सच्याउन निर्देशन दिने गरिएको छ । सांसद गिरीले बुधबार नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ माथि संशोधन प्रस्ताव दर्ता गराएकी छन् ।

संघीय संसद सचिवालयमा दर्ता गराएको उनको संशोधन प्रस्तावमा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधन गरेर नेपालको अद्यावधिक नक्सा अनुसारको नक्सा राख्ने बुँदा हटाउनुपर्ने माग गरिएको छ ।

पार्टीमा सल्लाह नगरी, संसदीय दलको निर्देशन विना संशोधन हालेको भन्दै समाजवादी पार्टीले सांसद गिरीलाई संशोधन प्रस्ताव तत्काल फिर्ता लिन निर्देशन दिएको छ ।

संविधान संशोधन प्रस्तावको समर्थन गरेको समाजवादी पार्टीका सचेतक उमाशंकर अरगरियाले संविधान संशोधन विधेयकमाथि दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने पनि चेतावनी दिएका छन् ।

गिरी समानुपातिक सांसद हुन् । उनले पछिल्लो समय सीमाको विषयलाई लिएर विवादित बयान दिँदै आएकी छन् । संसद बैठकमा गिरीले भारतलाई नसोधि नेपालले नक्सा जारी गरेकाले त्यसको औचित्य नभएको एवं नेपालले आफ्नो कूटनीतिक शक्तिको आकलन गरेर अगाडि बढ्नुपर्ने भन्दै बोलेपछि नेपालभित्र उनको आलोचना भइरहेको छ ।

यो पनि पढनुहोस्