Tuesday, September 27, 2022

लकडाउन खुकुलो पार्ने विषयले बालुवाटारमा तनाव, मध्यरातिसम्म रस्साकस्सी !


YOU MAY LIKE
MGID

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जारी गरेको लकडाउनविरुद्ध नागरिक र व्यवसायी सडकमा उत्रिएका बेला उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन खुकुलो पार्ने मोडालिटी तयार गर्ने जिम्मेवारी पाएको छ । तर समितिले उपयुक्त निर्णय लिन सकिरहेको छैन ।

प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा आईतबार मध्यरातिसम्म लकडाउनको मोडालिटीबारे छलफल हुँदा तनाव भयो । ईश्वर पोखरेल नेतृत्वको समितिले तयार पारेको खाकामा बालुवाटारको सहमति नभएपछि मोडालिटी पारित हुन सकेन ।

बालुवाटारका प्रतिनिधि सम्मिलित बैठकले लकडाउन खुकुलो बनाउने कार्ययोजना सहितको मस्यौदा टुंग्याउन नसकेपछि समिति अनिर्णित बनेको छ । विगत केही दिनदेखि निजी क्षेत्र, व्यवसायी, अर्थविज्ञ लगायत विभिन्न निकायका प्रतिनिधि र पदाधिकारीसँगको छलफलपछि तयार पारिएको मस्यौदामा अन्तिम सहमति जुटाउन बैठक बसेको बताइए पनि बैठकले ठोस निर्णय गर्न नसकेको हो ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले कार्ययोजनाको मस्यौदामाथि छलफल भएको र प्राप्त थप सुझावलाई समावेश गरी मस्यौदा परिमार्जन गरेर पुनः अर्को बैठकमा पेश गर्ने निर्णय भएको बताएका छन् ।

‘तयार भइरहेको कार्ययोजनाको मस्यौदामा आज पनि घनिभूत छलफल भयो । कार्य, सेवा र विषयवस्तुका हिसाबले अझै परिमार्जन गरेर अन्तिम तयारीमा लैजाने गरी आजको बैठक सम्पन्न भएको छ । विभिन्न चरणबाट सुझावहरू र निर्देशन प्राप्त भएका छन् ।

यसलाई उच्चस्तरीय समन्वय समितिले ग्रहण गरेको छ र यसलाई फेरि मौजुदा प्रस्ताव उपर परिमार्जन गरेर समृद्ध गरी पुनः पेश गर्ने गरी बैठक सम्पन्न भएको छ,’ बैठकपछि सञ्चारकर्मीलाई उनले भने ।

यो पनि पढनुहोस्