Saturday, September 24, 2022

मन्त्रालयभित्रै छिर्‍यो को’रोना भाइरस, नेताहरूबीच खैलाबैला !


YOU MAY LIKE
MGID

काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको को’रोना भाइरस विदेशबाट आएका व्यक्तिमा देखिने गरेपनि अब बिस्तारै नेताभित्रै रहेका व्यक्तिमा समेत देखिन थालेको छ ।

को’रोनाको त्रास यतिमै सीमित छैन, सरकारी स्रोतसाधन र जनचेतना फैलाउने काम गर्ने मन्त्रालयसम्मै पुगेको छ । २ नम्बर प्रदेशकी आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवका स्वकीय सचिवलाई को’रोना संक्रमण देखिएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले मन्त्रीका स्वकीय सचिवमा संक्रमण पुष्टि भएको बताएका छन् । मन्त्रीका स्वकीय सचिवमा को’रोना सम्बन्धी कुनै लक्षण भने देखिएका छैनन् ।

कोरोना देखिएका स्वकीय सचिवलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको छ । प्रदेशसभा बैठक सञ्चालनअघि प्रदेशका मन्त्री, सांसद, स्वकीय सचिव, कर्मचारी र मर्यादापालकको स्वाब संकलन गरी जाँच गरिएको थियो ।

रिपोर्ट अनुसार प्रदेश सभाका ५ जना मर्यादापालक र मन्त्रीका स्वकीय सचिव गरी ६ जनामा को’रोना देखिएको छ । हिजो बुधबार प्रदेशसभा बैठकमा सहभागी भएका मर्यादापालकमा समेत को’रोना देखिएपछि प्रदेशका मुख्यमन्त्री, सभामुख, मन्त्री र सांसद समेतमा कोरोनाको त्रास देखिएको छ ।

को’रोना मन्त्रालय र प्रदेशसभासम्मै पुगेपछि नेताहरूबीच खैलाबैला मच्चिएको छ । मर्यादापालकमा संक्रमण पुष्टि भएपछि बिहीवारका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित गरिएको छ । बैठक स्थगित गरी प्रदेश सभालाई स्यानिटाइज गर्ने काम भइरहेको र शुक्रवार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको जनाइएको छ । मिडिया डबलीबाट

यो पनि पढनुहोस्