Sunday, October 2, 2022

चौरजहारी घटनामा दलित सांसदको नेतृत्वमा संसदीय समिति गठन गर्न कांग्रेसको माग !


YOU MAY LIKE
MGID

काठमाडौं – प्रतिपक्षी नेपाली कांग्रेसले रुकुम पश्चिमको घटनालाई लिएर दलित सांसदको नेतृत्वमा संसदीय समिति गठनको माग गरेको छ।

प्रतिनिधि सभाको सोमबारको बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका संसदहरुले उठेर बोल्ने समय माग गरेका थिए।कांग्रेसका सांसद मान बहादुर विश्वकर्माले पार्टी संसदीय समितिको गठन गर्न माग गरेको बताउँदै दलित सांसदको नेतृत्वमा तत्काल संसदीय छानबिन समिति गठनको माग गरेका हुन्।

समिति गठन नभए कडा कदम चाल्न बाध्य हुने उनको भनाइ थियो। सांसद विश्वकर्माले गृहमन्त्रीले गठन गरेको छानबिन समितिले न्याय दिन नसक्ने दावी गर्दै उक्त समितिलाई मान्यता पनि नदिने समेत बताए।

घटनालाई फितलो बनाउन सत्तापक्षबाट जाजरकोटमा आर्थिक चलखेल भइरहेको रिपोर्ट पनि आफूहरुले पाएको उनले बताए। गत जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर-८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न गएका जाजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ का नवराज विक १९ जनाको समूह लिएर चौरजहारी पुगेका थिए।

त्यस बेला केटी लाने पक्ष र केटी पक्षबीच झडप भएको थियो। भाग्ने क्रममा नदीमा हाम फालेका नवराज विकको शव भेरी नदीको बीच भागमा उनको शब फेला परेको थियो। घटनामा ६ जनाको मृ*त्यु भएको छ।

यो पनि पढनुहोस्