Tuesday, September 27, 2022

दुबै मृगौलाले काम गर्न छाडेपछि सहयोगक याचना गर्दै बागलुङका केशर बि.क, सके सहयोग गर्नुहोस्…नसके एक सेयर भएपनि गरिदिनुहोस् ।


YOU MAY LIKE
MGID

बागलुङ । निसीखोला वडा नं. ३ का केशर वि.क.को दुबै मृगौलाले काम गर्न छाडेपछि आफ्नो उपचारमा सहयोग गरिदिनका लागि सबैमा याचना गरेका छन् ।

दुई वर्ष पहिले बैदेशिक रोजगारीबाट घर फर्केका ३० वर्षीय वि.क. गत जेठ महिनाको पहिलो हप्ता गम्भीर विरामी परेपछि चेकजाँचको लागि मिसन हस्पिटल पाल्पामा पुगेका थिए । तर पछि हस्पिटलले मृगौलामा असर हुनसक्ने भन्दै थप चेकजाचका लागि गौतम बुद्ध सामुदायिक मुटु हस्पिटल बुटवलमा रिफर गरेको थियो । त्यहाँ चेकजाँच गर्दा उनको दुबै मृगौला फेल भएपछि उनलाई ठूलो संकट आइलागेको छ ।

निसीखोला गाउँपालिकाको सिफारिस पत्र बनाएर अहिले गौतम बुद्ध हस्पिटल बुटवलमा विरामीको डाइलोसिस भइरहेको छ तर मृगौला प्रत्यारोपणका लागि ठूलो रकम लाग्ने भएपछि आफूहरु समस्यामा परेको उनका दाजु कृष्ण वि.क.ले बताएका छन् ।

डाक्टरको सल्लाह अनुसार मृगौला प्रत्यारोपणका लागि काडमाण्डौ जानुपर्ने र उपचारका लागि करिब १२ लाख रुपैयासम्म खर्च हुन सक्ने भनेपछि यति ठूलो रकम कसरी जुटाउने भनी समस्यामा परेकाले सबैलाई सहयोगका लागि याचना गर्नुपरेको वि.क.ले बताए ।

मृगौला पीडित केशर वि.क.संग यतिबेला उनकी आमा र दाजु उपचारमा उनको साथमा रहेका छन् तर लकलाउनका कारण उनीहरु एक पटक घरसम्म जान नसकेको पीडितको गुनासो रहेको छ । मृगौला प्रत्यारोपणका लागि मृगौला दान गर्न परिवारमा आमा, दिदी र श्रीमती तयार भएपनि रकम अभावका कारणले आफूहरु विचल्लीमा परेको परिवारले बताएको छ ।

आफूहरुले रिनकर्जा गरेर केही पैसा लिएर उपचारको लागि हिडेको भए पनि अहिले सबै पैसा सकिएको उनीहरुले बताए । मृगौला पिडित केशर वि.क.को घरमा श्रीमती सहित २ छोरी समेत रहेका छन् । उनको उपचारको लागि सहयोग गरिदिन निसीखोला गाउँपालिका, वडा कार्यालय र सामाजिक संघ संस्था तथा सहयोगी हातहरुलाई परिवारले अनुरोध गरेको छ ।

पीडित केशर वि.क.ले पनि आफ्नो बाँच्ने इच्छा भएको र आफूलाई बचाउन र उपचारमा सहयोग गरिदिन सबैमा याचना गरेका छन् । सहयोगका लागि मोबाइल नम्बार ९८१८४७६५७० मा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

यो पनि पढनुहोस्