Saturday, October 1, 2022

लद्दाखमा चीन र भारतका सैनिक भिडेको भिडियो भाइरल ! [भिडियो सहित]


YOU MAY LIKE
MGID

लद्दाखको विवादित क्षेत्रमा भारत र चीनले थप सैनिक तैनाथी गरेपछि तनाव चर्किरहेको छ । परिस्थितिलाई नियन्त्रणमा राख्न कूटनीतिक वार्ता चलिरहेको छ ।

वास्तविक नियन्त्रण रेखापारि चिनियाँ भूमिमा भारतीय सेनाले सुरक्षा संयन्त्र बनाएपछि सीमा विवाद चर्किएको बेइजिङले दाबी गरेको छ । यसैक्रममा भारतीय र चिनियाँ सैनिकहरूबीच कडा भिडन्त भएको भनी दाबी गरिएको एक भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो ।

तर भारतीय सेनाले गलत उद्देश्यका साथ यो भिडियोलाई अहिलेको परिस्थितिसँग जोड्न खोजिएको बयान दिएको छ ।‘अहिले सीमाक्षेत्रमा कुनै हिंसा भइरहेको छैन । सैन्य कमान्डरहरूबीचको अन्तर्क्रियामार्फत विवाद समाधानको कोशिश भइरहेको छ । दुई देशबीचको सीमा व्यवस्थापनका सम्बन्धमा स्थापित प्रोटोकलहरूले यसलाई निर्देशन गरेको छ,’ भारतीय सेनाले जनायो ।

ट्विटर प्रयोगकर्ता सेंगे हसननले शेयर गरेको दुई मिनेटको भिडियोमा भारतीय सैनिकहरूले चिनियाँ जनमुक्ति सेनाका सैनिकहरूलाई रड र अन्य हतियारले कुटपिट गरेको जस्तो देखिन्छ । मे महिनाको ५ तारिखमा पांगोङ त्सो ताल नजिक दुई देशका सेनाबीच भयंकर झडप भएको थियो ।

त्यतिखेर सातजना भारतीय सैनिकहरू गम्भीर घाइते भएका थिए र उनीहरूलाई अस्पताल लग्नुपरेको थियो । ‘हामी राष्ट्रिय सुरक्षामा असर पर्ने विषयलाई सनसनीखेज बनाउने प्रयासको भर्त्सना गर्छौं । सीमाको वर्तमान परिस्थितिलाई खराब तुल्याउन सक्ने भिडियोहरू प्रसारण नगर्न हामी मिडियालाई अनुरोध गर्छौं,’ भारतीय सेनाले बतायो । भिडियो हर्न तल क्लिक गर्नुहोस्………

यो पनि पढनुहोस्