Tuesday, September 27, 2022

मनिषा कोइरालाको अर्को रि–ट्विटले फेरि हल्लियो नेपाल, एमसीसीलाई लिएर यस्तो भनिन् !


YOU MAY LIKE
MGID

अभिनेत्री मनिषा कोइरालाले एमसीसी सम्झौतालाई ध्यानपूर्वक पढ्न सुझाव दिएकी छन् ।

अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदमा विचाराधीन रहेको बेला पक्षरविपक्षमा बहस भइरहेको छ । यसैबीच अभिनेत्री कोइरालाले सम्झौतालाई ध्यानपूर्वक पढ्न सुझाव दिएकी छन् ।

साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यको एमसीसी सम्बन्धी ट्विटलाई रि–ट्विट गर्दै मनिषाले लेखेकी छन्, ‘हामीले ध्यानपूर्वक पढ्नुपर्दछ । विगतमा हामीले गल्ती गरेका छौं । विश्वास छ, हामीले विगतका गल्तीहरूबाट पाठ सिक्छौं । मलाई टनकपुर सन्धिको समयको सम्झना आउँछ ।’

मनिषा कोइराला

मनिषा कोइराला १६ अगस्ट १९७० मा नेपालको राजधानी काठमाडौंमा जन्मेकी नेपालकी एक अभिनेत्री हुन्। उनी हिन्दी चलचित्रमा काम गर्छिन्। साथै उनी यूएनएफपीए सद्भावना राजदूत र सामाजिक कार्यकर्ताको रुपमा पनि परिचित छिन्। उनको बुवाको प्रकाश कोइराला र आमा सुष्मा कोइराला हुन्। उनी विश्वेश्वर प्रसाद कोइरालाकी नातिनी हुन्।

उनले बसन्त कन्या महाविद्यालय भी.के.एम. मा १० कक्षासम्म पढेर वाराणसी गईन् र उनको चाहना डाक्टर बन्नु थियो तर उनी मोडेलिंगमा आफ्नो जीवनको सुरुवात गर्न थालिन्। सुरुमा मनिषा कोइरालाले हिन्दी चलचित्रमा काम गरिन् पछि तमिलको कयौं चलचित्रहरूमा पनि देखा परिन्।

मनिषा कोइराला भारतनाट्यम र मणिपुरी नृत्यमा परिपूर्ण एउटा नृत्यांगना हुन्। उनले नेपाली चलचित्रमा पनि काम गरेकी छिन्। उनले नेपाली चलचित्र ुफेरी भेटौँला, १९८९० मा अभिनय गरेकी थिइन्। उनको पहिलो हिन्दी चलचित्र सौदागर हो।

यो पनि पढनुहोस्