Monday, September 26, 2022

नेपालमा आजै १५६ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित १०४२ पुग्यो !


YOU MAY LIKE
MGID

काठमाडौ । नेपालमा आज थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कुल संक्रमित संख्या १०४२ पुगेको छ । भर्खरै मात्र पत्रकार सम्मेलनको आयोजना गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उक्त कुराको पुष्टि गरेका हुन् । प्रदेश २ मा थप ७६ मा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा ७६ जनामा कोरोना पुष्टि भएको हो । उनीहरु धनुषाका २९ जना, महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।

यस्तै स्याङ्जामा पनि थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वालिङका २६ र २२ वर्षीय पुरुष र ३९ वर्षकी महिलामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनीहरु सबै भारतबाट आएका र क्वारेन्टाइनमा बसिरहेका छन् । आजै पूर्वी नवलपरासीमा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नवलपुरमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । देवचुली नगरपालिका–१ घर भएका १९ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ९६६ पुगेको छ ।

यसैगरी सुर्खेतमा १५ जना सङ्क्रमित पुष्टि भएको छ । त्यहाँ थप १५ जना कोरोना सङ्क्रमित फेला परेका हुन् । यससँगै कर्णाली प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३८ पुगेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो पिसीआर परीक्षण गरिएकामध्ये वीरेन्द्रनगर नगरपालिकाका सात पुरुष, तीन महिला, चौकुने गाउँपालिकाका दुई महिला, एक पुरुष, सुदुरपश्चिमको बझाङ घर भएका ५५ वर्षीय एक पुरुष र पहिचान हुन बाँकी एक महिलामा गरी १५ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

महाशाखा प्रमख डा लक्ष्मीनारायण तिवारीले नयाँ पहिचान भएका सबै सङ्क्रमितलाई आइसोलेसनमा राखिएको र उहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो । बझाङका ५५ वर्षीय पुरुष तथा बोल्न नसक्ने एक महिलाको ठेगाना पत्ता लगाउन प्रयास भइरहेको उहाँले बताउनुभयो ।

मन्त्रालयले प्रदेशका सबै जिल्लामा आरडिटी र पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन कार्य भइरहेको जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशभर ५५० आइसोलेसन, १७ भेन्टिलेटर रहेका छन् । पछिल्लो २४ घण्टामा सुर्खेत र जुम्लामा गरिएको १६० पिसीआर परीक्षणमध्ये सुर्खेतस्थित प्रदेश अस्पतालको प्रयोगशालामा १५ जनाको रिर्पोट पोजिटिभ आएको हो ।

त्यसैगरी कर्णालीमा ८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कर्णालीमा कोराना संक्रमितको संख्या ४६ पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणबाट बिहीबार दैलेखका ८ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित सबै जिल्ला सदरमुकाम रहेको नारायण नगरपालिकाका हुन् । संक्रमित हुनेमा नगरपालिकाको वडानम्बर १ का २६ वर्षका युवक, ३ का १९, ३०, ३६ र ४० वर्षका पुरुष, ४ का एक वर्षका बालक र २० वर्षीय युवती र ७ का १७ वर्षीय किशोर रहेका छन् ।

यसअघि दैलेखको आठबीसकोटमा एकजना, ढुङ्गेश्वर नगरपालिकामा ३ जना र नारायण नगरपालिका र गुराँस गाउँपालिकामा २र२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेो छ । दैलेखमा भेटिएका नयाँ संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या ९९० पुगेको छ भने बिहीबार मात्रै हालसम्म ८८ जना संक्रमित भेटिएका छन् ।

यो पनि पढनुहोस्