Tuesday, September 27, 2022

धुर्मुस भन्छन- नवराज र उनका साथीहरुको ह*त्यारालाई कडा कारबाही होस् !


YOU MAY LIKE
MGID

कलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल –धुुर्मुस र कुञ्जना घिमिरे (सुन्तली) जातिय विभेदका कारण जाजरकोट ज्यान गुमाउनेको ह*त्यारालाई कडा कारबाही माग गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै धुर्मुस सुन्तलीले यो जल्दोबल्दो घटनाप्रति आफ्नो अभिव्यत्ति राखेका हुन् ।

सिताराम कट्टेल (धुर्मुस) : प्रेमजस्तो पवित्र प्रसंगलाई जातीय विभेदको अपराधले छोप्न खोज्ने पिडकलाई कडा सजाय होस् । घटनामा ज्यान गुमाउने भाइ नवराज र उनका साथीप्रति भावपूर्ण श्रद्धाञ्जली ।

जन्म कसैको रोजाई हैन तर कर्म मानिसको रोजाई हो । मानवताभन्दा ठूलो अर्को कुनै भावना छैन । जातीय कारण नै मानिसको ज्यान जानु भनेको मानव सभ्यताकै सबैभन्दा ठूलो लज्जाको बिषय हो । यस्ता घटना निरुत्साहित गर्न कानुनमा भएको प्रावधानको सबैभन्दा कठोर प्रयोग गरियोस्, घटनाको सत्य तथ्य छानबिन होस् ।

यो पनि पढनुहोस्