Saturday, September 24, 2022

दु:खद खबर– नेपालमा कोरोनाबाट चौथो व्यक्तिको मृ*त्यु भएको पुष्टि – सक्दो सेयर गर्नुहोला !


YOU MAY LIKE
MGID

काठमाडौं – नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृ*त्यु भएको छ । मृत्यु हुनेमा बाराको कलैयाका एक ७० वर्षीय वृद्ध रहेका छन् । उनको वीरगन्जको नेशनल मेडिकल कलेजमा गएको जेठ ४ गते मृ*त्यु भएको जनाइएको छ । 

नारायणी अस्पतालका सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायका अनुसार जेठ ४ गते मृ*त्यु भएका उक्त व्यक्तिको कोरोना रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । उनको कोरोनाको संक्रमणबाट मृ*त्यु भएको बारे स्वास्थ्य मन्त्रालयको अफिसियल जानकारी आइसकेको छैन । मृत्यु भएका व्यक्तिलाई मृगौलामा समस्या देखिएपछि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो । 

शंकास्पद लक्षण देखिएपछि उनको  स्वाब कलेक्सन गरेर परीक्षणका लागि काठमाडौं पठाइएको थियो । मृ*त्यु भएका उनकाु परिवारले अन्तिम संस्कार पनि गरिसकेको जनाइएको छ । यसअघि पनि नेपालमा कोरोनाको संक्रमणबाट ३ जनाको मृत्यु भइसकेको छ ।  हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ७५ पुगेको छ ।  canadanepal.com बाट सभार..

यो पनि पढनुहोस्