Wednesday, February 8, 2023

एकाएक जेल पुगे माधव नेपाल !


YOU MAY LIKE
MGID

काठमाडौँ — दशैंको मुखैमा माधव नेपाल जेल गएका छन् । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले व्यक्ति हत्याको अभियोगमा कैद भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई जेल पुगेर भेट गरेका हुन् ।

डिल्लीबजार कारागारमा रहेका चौधरीले नेपालसँग आफूमाथि राजनीतिक व्यवहार नभएको र जेल मुद्दा नरिएको भन्दै गुनासो गरेका थिए । चौधरीले आफूमाथि राजनीतिक व्यवहार नगरिएको बताउनुभयो ।

उहाँले त्यसैअनुसार आफ्नो बस्नेसहितको व्यवस्थापन नभएको भन्नेमा गुनासो रहेको थियो, नेपालले भने, सरकारले छाड्ने सहमति गरेको तर त्यसको कार्यान्वयन नगरेकोमा गुनासो रहेको थियो ।

चौधरी उच्च अदालत दिपालयको फैसलापछि आजीवन कारावासमा रहेका छन् । २०७२ भदौमा कैलालीको टिकापुरमा भएको हिंसाको मुख्य योजनाकार रहेको ठहर गर्दै चौधरीलाई आजीवन कारावासको सजाय भएको छ । २०७४ सालको आमनिर्वाचनमा चौधरी कैलाली १ बाट निर्वाचित भएका थिए ।

घटना बिहीबारको हो। बैठकस्रोतका अनुसार पाँच दलबिच आगामी निर्वाचनमा सिट बाँड्न बिहीबार शीर्ष तहको बैठक बसेको थियो। बैठकमा नेपाली कांग्रेसको भागमा ८४ सिट, माओवादी केन्द्रको भागमा ४४ सिट पर्ने सहमति भयो।

सिट भाग लगाउँदै जाँदा एकीकृत समाजवादीलाई १६ सिट पर्ने भयो। अनि समाजवादीका अध्यक्ष नेपाल बैठकको बिचमै उठेर हिँडे। नेपालले आफ्नो पार्टीलाई ३० सिट चाहिने दाबी गर्दै आएका छन्। उता जनता समाजवादीले पनि सिट सङ्ख्यामा चित्त बुझाएको छैन। उसको भागमा बढीमा १४ पर्ने देखिन्छ। जनमोर्चाको भागमा दुई।

प्रतिनिधि सभाको सिटबारे गठबन्धनका नेता लगभग सहमति निकट पुगेको देखिन्छ। शुक्रवार सबै फाइनल हुने एक नेताले दाबी गरेका छन्। ती नेताका अनुसार अब सप्तरी, पर्सा र कास्कीका सिटमा मात्र सहमति हुन बाँकी छ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले हत्याको अभियोगमा जेलमा रहेका रेशम चौधरीसँग भेट गरेका छन् ।

शुक्रबार डिल्लीबजार कारागार पुगेर अध्यक्ष नेपालले नागरिक उन्मुक्ति पार्टीका नेतासमेत रहेका चौधरीलाई भेटेका हुन् । अध्यक्ष नेपालका अनुसार भेटमा चौधरीले आफूमाथि राजनीतिक व्यवहार नरिएको गुनासो गरेका थिए । सरकारले छाड्ने सहमति गरेपनि अहिलेसम्म कार्यान्वयन नगरिएको चौधरीको दुखेसो थियो ।

कैलालीको टीकापुरमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ प्रहरी र एक नाबालकको ज्यान जाने गरी भएको घटनाका मुख्य योजनाकार मानिएका चौधरीले डिल्लीबजारस्थित कारागारमा सजाय काटिरहेका छन् ।

सत्तारुढ दलका नेताहरुले रेशम चौधरीलाई पालै पालो जेलमा भेट्न थालेका छन् । शुक्रबार मात्रै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल डिल्लीबजारस्थित कारागार पुगेर भेटघाट गरेका छन् । अदालतले टीकापुर घटनामा दोषी ठहराएपछि चार वर्षदेखि डिल्लीबजारस्थित कारागारको ‘ब्लक–ख’ दैनिकी बिताइरहेका रेशम चौधरीलाई राजनीतिक दलका नेताहरुले धेरै महत्व दिन थालेका छन् । चुनावका बेला भएका कारण उनी यतिबेला अस्वाभाविक व्यस्त भएकै बेला पूर्व प्रधानमन्त्री नेपाल जेलमा पुगेका हुन् ।

कैलाली र बर्दियामा उनको पार्टीले चुनाव लड्ने तयारी गरेको छ । उनी आफैँ प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा मात्र छैनन्, पत्नी रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीको चुनावी रणनीति पनि कोर्दै छ । कारागारबाटै स्थानीय तह निर्वाचन रणनीति तयार पारेका चौधरी आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीमा छन्  ।

कारागारको मूल गेटभित्र दायाँतिर ‘भिआइपी कैदी’ भेटघाट क्षेत्रमा दिनहुँजसो पार्टीका नेता–कार्यकर्ता चौधरीसँग छलफल गर्न पुग्छन् । यही मेसोमा माधव नेपाल पनि भेटघाटको लागि पुगेको स्रोतको दावी छ ।

कारागारभित्रै चौधरीले सांकेतिक रूपमा निर्वाचनको प्रचार थालिसकेका छन् । ‘भिआइपी कैदी’ भेटघाट क्षेत्रमा प्लास्टिकको एउटा राउन्ड टेबुल, प्लास्टिककै चार–पाँचवटा कुर्सीसहित बसिरहेका हुन्छन् । ०७४ प्रतिनिधिसभा निर्वाचनअगाडि उनी ‘फरार अभियुक्त’ थिए । टीकापुर घटनाको मुख्य अभियुक्तका रूपमा प्रहरी उनलाई खोजिरहँदा उनी कैलालीको सीमावर्ती भारतीय गाउँ बेलापरसुवास्थित थारू समुदायकै घरमा चुनावी रणनीति बनाएका थिए । अहिले पनि जेलबाटै रणनीति बनाइरहेका छन् ।

फरार अभियुक्तकै रूपमा उनी तत्कालीन राजपाबाट चुनाव लडे । र, ३४ हजार तीन सय ४१ मत ल्याएर चुनाव जिते । तर, उनी संसद् होइन, कारागार जान बाध्य भए । तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयमा शपथ गराए पनि उनी संसदमा बस्न पाएनन  ।

आफू जेलमै रहेका वेला चौधरीले १९ पुस ०७८ मा श्रीमती रञ्जिता श्रेष्ठको नाममा नागरिक उन्मुक्ति पार्टी स्थापना गरे । स्थापनाको तीन महिनामै स्थानीय तह निर्वाचनमा सहभागी भएर कैलालीको चार पालिका जितेपछि उनको पार्टी त्यहाँ पहिलो मात्रै बनेन, यसले थारू बाहुल्य रहेको क्षेत्रमा मतदातामाझ रहेको भावना प्रतिनीधित्व गर्यो ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ‘थ्रेसहोल्ड’ कटाएर राष्ट्रिय पार्टी बन्ने मात्र होइन, पाँचवटा प्रदेशमा सम्मानजनक सिटमा जित निकाल्ने तयारीमा लागेपछि उनको महत्वपनि बढ्दै गएको छ । चौधरी यसपटक जेलभित्रबाटै आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन लड्ने तयारीमा छन ।

उम्मेदवारका लागि उनी बर्दिया २ बाट सिफारिस भएका छन । दुई तहका अदालतबाट दोषी ठहर भएकाले प्रतिनिधिसभा ऐन उनका लागि बाधक बन्न सक्छ । उम्मेदवार बन्न रोके त्यही एजेन्डा लिएर थारू समुदायमा जाने उनको तयारी छ । उनी कारागारभित्रै बसेर जित–हारको जोडघटाउ गरिरहेका छन ।

थारू कल्याणकारिणीको मत सर्वेक्षणअनुसार समानुपातिकतर्फ कम्तीमा तीन लाख भोट पाउने अपेक्षा रहेको छ । विशेषगरी थारू बाहुल्य क्षेत्रमा केन्द्रित उनको पार्टीले प्रतिनिधिसभातर्फ प्रत्यक्ष १५ र समानुपातिक १४ तथा प्रदेशतर्फ प्रत्यक्ष ४६ र समानुपातिक २३ सिट ल्याउने आन्तरिक ‘अस्वाभाविक’ विश्लेषण छ । यतिसम्म कि थारू बाहुल्य रहेको सुदूरपश्चिम प्रदेशमा १९ सिट जितेर सरकारको नेतृत्व नै नागरिक उन्मुक्ति पार्टीको हातमा पुग्ने चौधरीको महत्वाकांक्षी दाबी छ ।

कैलालीका पाँच क्षेत्रमध्ये प्रतिनिधिसभातर्फ कम्तीमा तीन क्षेत्र आफ्नो पार्टीले जित्ने उनको दाबी छ । कञ्चनपुरको १ र २ क्षेत्रमा पनि आफ्नो प्रभाव रहेको चौधरीको हिसाब छ । चौधरीले बर्दिया, बाँके, कपिलवस्तु र रुपन्देही र नवलपरासीमा पनि राम्रो मत र सिट पाउने दाबी गरेका छन्  । यस्तो बेला यसअघि कानुनमन्त्री लगायतका कांग्रेस र अन्य पार्टीका नेताहरुले पनि चौधरीलाई भेट गरेको स्रोतको दावी छ । लालमोहर न्युजबाट साभार

यो पनि पढनुहोस्