Wednesday, February 8, 2023

कस्ता-कस्ता मै हुँ भन्नेहरुलाई तोरीको फूल देखाईदिए ओलीले, राजनीतिमा हङ्गामा !


YOU MAY LIKE
MGID

काठमाडौं । नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले प्रधानमन्त्री निवास बालुवाटारमा रमिता चलिरहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीका नेता र नागरिक समाजका अगुवाप्रति कटाक्ष गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, बालुवाटारमा रमिता छ । डेंगीको फैलावटले जनता हैरान छन् । सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिएपछि कांग्रेसभित्रकै डेंगीबाट त्राहीमाम छन् ।’

नेता बास्कोटाले नागरिक समाज समेत कुम्भकर्णको जस्तो निन्दामा रहको आरोप लगाए । ‘देश जोगाउन माझी खोज्न हिंडेकाहरु कांग्रेसी आँगनमा देउसी खेल्दै छन् । रामराज्य प्राप्तीपछि सुतेको नागरिक समाज कुम्भकर्ण निन्द्रामै छ,’ बास्कोटाले लेखेका छन् ।

नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री निवास बालुवाटारमा रमिता चलिरहेको बताएका छन्। पूर्वमन्त्रीसमेत रहेका बास्कोटाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का नेता र नागरिक समाजका अगुवाहरुप्रति कटाक्ष गरेका हुन्।

बास्कोटाले सरकार चलाउन सिकाउँछौँ भन्ने कांग्रेस नेताहरु गगन थापा र डा. मिनेन्द्र रिजालप्रति पनि व्यंग्य गरेका छन्। बालुवाटारमा रमिता छ। डेंगीको फैलावटले जनता हैरान छन्’, उनले भनेका छन्, ‘सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाइदिएपछि कांग्रेसभित्रकै डेंगीबाट त्राहीमाम छन्।’

नेता बास्कोटाले नागरिक समाज भनिनेहरुलाई पनित कुम्भकर्णको संज्ञा दिएका छन्। सरकारको बेथिति र नागरिकहरु अनेक महामारीको मारमा पर्दा समेत नबोलेको भन्दै नागरिक समाजलाई निद्रामा रहेका कुम्भकर्णको संज्ञा दिएका हुन्।

‘देश जोगाउन माझी खोज्न हिँडेकाहरु कांग्रेसी आँगनमा देउसी खेल्दै छन्’, उनले भनेका छन्, ‘रामराज्य प्राप्तिपछि सुतेको नागरिक समाज कुम्भकर्णे निन्द्रामै छ।’नेकपा एमालेका नेता गोकुल बास्कोटाले कांग्रेस महामन्त्री गगन थापाले पार्टीभित्र आफ्नो रक्षाको राजनीति गरेको टिप्पणी गरेका छन्।

समानुपातिकतर्फ उम्मेदवार चयनको क्रममा सभापति शेरबहादुर देउवाविरुद्ध कडा रुपमा उत्रिएपछि महामन्त्री थापाभन्दा नेता गुरुराज घिमिरेले कडा छाप छाडेको बताएका छन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘कांग्रेसमा गगनले आफ्नो रक्षाको राजनीति गरेको देखियो जुन अक्सर नेपाली नेताहरुले गर्दै आएको सनातनी कर्म हो तर चुपचाप र शान्त देखिने गुरू घिमिरेले दलीय राजनीतिको वास्तविक मर्म रक्षाको राजनीति गरेको देखियो।’

चुपचाप र शान्त देखिने नेता घिमिरेले दलीय राजनीतिको वास्तविक मर्म रक्षाको राजनीति गरेको उनको बुझाइ छ। ‘गुमाउन त गुरुले नै गुमाउँछन् तर गगनसामु गुरुले स्पष्टरुपमा कडा छाप छोड्ने भए’ उनले भने। समानुपातिक बन्द सूची सच्याउनुपर्ने, पार्टीमा पूर्ण न्यायोचित रुपमा टिकट वितरण गर्नुपर्ने लगायतको माग राख्दै नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूह आन्दोलित छ।​

समानुपातिकको बन्द सूचीमा शेखर कोइराला समूहका १३ जनालाई मात्रै राखिएको भन्दै यो समूह असन्तुष्ट बनेको छ। यो समूहले सिट बाँडफाँटमा ४० प्रतिशत भाग नपाए निर्वाचन बहिष्कार गर्ने चेतावनी दिँदै आएको छ। शेखर र गगनसहित शीर्ष नेताहरु मौन रहेको बेलामा दोस्रो तहका नेता घिमिरे आक्रमक रुपमा नेतृत्वसामु प्रस्तुत भएको छ। Lalmoharnews

यो पनि पढनुहोस्