Saturday, September 24, 2022

बेबी बम्प देखिने गरि श्रीमानसँग श्वेता खड्काको फाेटाेशुट….


YOU MAY LIKE
MGID

भिनेत्री श्वेता खड्का आमा बन्ने भएकी छिन् । उनको गर्भमा अहिले सन्तान हुर्किरहेको उनले जानकारी दिइन् । उनका अनुसार कात्तिकको अन्त्यतिर चिकित्सकले डेलिभरी डेट दिएको छ ।

गर्भवती भएदेखि श्वेता बनस्थलीस्थित माइती घरमा बसेर आराम गरिरहेकी छन् । ०७७ मंसिर २२ गते उनले ब्यवसायी विजयन्द्र सिंह रावतसँग विवाह गरेकी थिइन् । बिहे भएको डेढ वर्षपछि श्वेता आमा बन्ने भएकी हुन् ।

यसैक्रममा पछिल्लो समय उनको बेबी बम्प देखिने तस्बिर बाहिरिएका छन् । जहाँ उनी श्रीमानसँग निकै रोमान्टिक देखिएकी छन् ।

विजयन्द्रसिंह राउतसँग अघि उनको विवाह अभिनेता श्रीकृष्ण श्रेष्ठसँग भएको थियो। उनको निधन भएको केही वर्षपछि विजयन्द्रसँग श्वेताले विवाह गरेकी हुन्।

यो पनि पढनुहोस्