Friday, September 23, 2022

म जुम्लाबाट ढुक्कले चुनाव जित्छुः ज्ञानेन्द्र शाही


YOU MAY LIKE
MGID

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लाबाट ढुक्कले चुनाव जित्ने बताएका छन् । जिल्लाका आठै पालिकामा चुनाव प्रचारपछि शाहीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको चुनाव ढुक्कले जित्ने बताएका हुन् ।

सम्पर्क कार्यालय उद्घाटनपछि बोल्दै शाहीले कुनै पार्टी र दलहरु विरुद्ध नभई मुलुकको नेतृत्व तथा जुम्लाको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।उनले भने, २०४६ साल यताका विभिन्न निर्वाचनमा जिताएर पठाएका जुम्ली नेताले मुलुकको नेतृत्व गर्ने हैसियत राखेनन् ।

जुम्ला सहितको कर्णालीको वास्तविक गुनासा केन्द्रले पनि सम्बोधन गर्न सकेन् । त्यसैले केन्द्रका टाउकेहरु संग प्रतिस्प्रधा गर्न मेरो उम्मेदवारी हो । जिल्लाा सबै नेता प्रति मेरो सदभाव सहकार्य र सम्मान सधै रहन्छ ।साथै आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा बहुमत ल्याएर जित्ने समेत शाहीले ठोकुवा गरे ।

आठै पालिकाका कार्यकर्तासँगको प्रत्यक्ष भेटघाट तथा छलफलपछि बहुमतले चुनाव जित्ने शाहीको दाबी छ ।ज्ञानेन्द्र शाहीको प्रचार अभियान अन्तरगत साउन २८ गते सिंजा गाउँपालिका, २९ गते कनकासुन्दरी गाउँपालिका, ३० गते हिमा गाउँपालिका ३१ गते तिला गाउँपालिका, १ गते तातोपानी गाउँपालिका, २ गते गुठिचौर गाउँपालिका र ३ गते पातारासी गाउँपालिकामा चुनावी प्रचार अभियान कार्यक्रम थालिएको छ ।

आफुले निर्वाचन जितेको खण्डका जुम्लाका आठै पालिकाका र विषय कार्यालयमा आउने पुजिँगत बजेटमा हुने भ्रष्टचारलाई शुन्यमा झार्ने र बजेट खर्चलाई शत प्रतिशत कार्यान्वयन गर्न जोड दिने उल्लेख गरे ।

यो पनि पढनुहोस्