Saturday, October 1, 2022

रबिले गरे सीमा विवादमा पहिलो दुई देशीय बहस : भारतीय मिडियालाई दिए कडा दनक ।


YOU MAY LIKE
MGID

पत्रकार तथा चर्चित टेलिभिजन प्रस्तोता रबि लाभिछानेले सीमा विवादमा पहिलो दुई देशीय बहस गरेका छन् ।

लोकप्रिय कार्यक्रम सिधाकुरा जनतासँगको बिशेष शृङखलामा उनले नेपाल तर्फ बाट प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई, परराष्ट्रविद तथा पुर्व राजदुत प्रधुम्न बिक्रम शाह, लेखक विश्लेषक टीका ढकाल अनि भारत बाट प्रोफेसर एस. डि. मुनी, नेपाल भारत प्रबुद्ध समुह सदस्य महेन्द्र पि. लामा र भारतीय सेनाका पुर्व जर्नेल तथा नेपाल भारत जानकार अशोक मेहता सँग प्रत्यक्ष भिडियो संबाद गरेका हुन् । उनको यो कार्यको नेपाली जनताले खुलेरै प्रशंसा गरेका छन् ।

कार्यक्रममा उनी बिभिन्न सन्धिमा भएका सम्झौताका प्रमाणका साथ भारतको दिल्ली सम्मलाई धक्का दिएका छन् । उनले अन्तराष्ट्रिय समुदायलाई नेपाल भारत सिमा बिवादका बिषयमा जानकारी दिने भन्दै कार्यक्रम अंग्रीजीमा प्रस्तुत गरेका हुन् ।

भारतीय संचार माध्यमहरुले बिना आधार निरन्तर नेपालका विरुद्ध भ्रम छर्न थालेपछि कनिकुथी भएपनि डिबेट संचालन गरेको छु। उनले फेसबुकमा सो कार्यक्रमलाई सेयर गर्दै भनेका छन्– पहिलो पटक अङ्ग्रेजीमा डिबेट संचालन गर्दा कयौं कमजोरी भएका छन्, क्षमा गर्नु होला।

यो पनि पढनुहोस्