हामी साना बच्चाहरू खुसी भएर हेरिरहन्थ्यौं।अहिले एउटा यस्तो समय छ। बाबाको आँखामा आँखा जुधाएर नबोलेको वर्षौ बित्यो।हामी सानो छँदा बाबाआमालाई छोराछोरी हुर्काउने चिन्ता थियो। हामी ठूला भयौं कहिले देख्न पाइन्छ भन्ने चिन्ता छ।

मन सिमलको भुवासरी उड्न थाल्यो। घरमा छउन्जेल दिनको एक पटक गाउँ नडुली रातभर निद्रा लाग्दैनथ्यो वल्ला गाउँदेखि पल्ला गाउँसम्म सबै आफन्त लाग्थे। अहिले कोठादेखि कम्पनी, कम्पनीबाट कोठा नै सिङगो संसार मान्दै बस्नुपरेको पूर्ण चन्द्रमा देखिने घर। आमाको फाटेको चोली। बाबाको उध्रेको टोपी।

भाइबहिनीहरूको मलिन अनुहार। असल समाज र स्वाभिमानी राष्ट्रको परिकल्पना।जवानीवयका रंगीन सपनालाई तिलाञ्जली दिएर हरियो पासपोर्टमा जवानी धितो राख्दै प्रवासिएको वर्षौ बितेछ।



निरन्तर स्रोह/सत्र घन्टा काम। थाकेको शरीर दुखेको मन लिएर कोठामा फर्कंदा आफू कुन एङ्गलबाट जिउँदो छु भन्ने सोच्न बाध्य हुन्छु।हाय ! कस्तो नर्कमय जिन्दगी ! न प्र न आशीर्वाद। यही चिसो सिरानीसँग परिचित छु, वर्षौदेखि।कहिलेकाहीँ मध्यरातमा झस्किन्छु। उठेर टाढा देखिने बादलका थुम्काहरू नियाल्छु। कतातिर पर्छ होला मेरो घर ? सोच्दासोच्दै रात बित्छ। उज्यालो भएपछि चराचुरूङ्गीको चिरविर आवाज सुन्छु।

लाग्छ, यिनीहरू मलाई स्पर्श गरेर मेरो घरसम्म पुगूँन् र मेरी आमालाई मेरा सुखद समाचार सुनाइदिऊन्।म हरेक रात चिसो सिरानीसँग निदाउँछु। भित्री मनमा घरपरिवारलाई न्यानो राख्ने सपना अझै जीवित छन्। एक साँझ कोरियामा बेस्सरी झरी पर्यो। झ्यालबाट हेर्दा टाढाटाढासम्म सेतै फुलेका साँकुराका फूलहरू देखिन्थे।म तिनै फूलहरू नियाल्दै आफ्नो नियति सम्झन्थें।

फूलका पत्रपत्रबाट तप्प खसेको पानीमा सबै मोहित हुन्थे। हरेक दिन परायाभूमिमा आफ्नो निधारबाट तप्प खसेको पसिनामा मेरो देश र राष्ट्रियता चस्स दुख्थ्यो परेको पानीको असर मनसम्म पुग्थ्यो। हामी सानो छँदा जब पानी पर्न सुरू हुन्थ्यो। बाबाले कान्लातिरको घुसान बटुलेर बाल्नुहुन्थ्यो। हामी साना बच्चाहरू खुसी भएर हेरिरहन्थ्यौं।अहिले एउटा यस्तो समय छ।

बाबाको आँखामा आँखा जुधाएर नबोलेको वर्षौ बित्यो।हामी सानो छँदा बाबाआमालाई छोराछोरी हुर्काउने चिन्ता थियो। हामी ठूला भयौं कहिले देख्न पाइन्छ भन्ने चिन्ता छ। मन सिमलको भुवासरी उड्न थाल्यो। घरमा छउन्जेल दिनको एक पटक गाउँ नडुली रातभर निद्रा लाग्दैनथ्यो वल्ला गाउँदेखि पल्ला गाउँसम्म सबै आफन्त लाग्थे।

अहिले कोठादेखि कम्पनी, कम्पनीबाट कोठा नै सिङगो संसार मान्दै बस्नुपरेको छ। टाउको निकालेर फेसबुकमा एउटा स्टाटस पोष्ट गरें।प्रेमको फराकिलो संसारमा बस्ने मान्छेको मन किन यति साँघुरो हुन्छ ? पोष्ट गरेको एकैछिनमा साथीहरूले आफ्नो बुझाइ क्षमताअनुसारको कमेन्ट गर्न थाले।