अनुभूति : आकाशमा चराझैं उड्दा मज्जा आयो ।

मेरो बुबाको जन्मथलो तनहुँको खैरेनीटारदेखि ३५ किलोमिटर र आमाको जन्मथलो स्याङ्जाको वालिङदेखि ६४ किलोमिटर दूरीमा पर्दछ पर्यटकीय शहर पोखरा। नेपालकै सुन्दर शहर पोखरा नजिकै आमाबुबाको जन्मथलो भए पनि मेरो जन्म त्यहाँबाट निकै टाढा नेपालगन्जमा हुन पुग्यो र पोखरालाई अरूले जस्तै पर्यटकका रूपमा मात्र मैले पनि घुम्ने मौका पाएँ।

पोखराको सौन्दर्य नर्तकीले आफ्नो नाचको छमछम धुनमा सबैलाई मोहनी लगाए जस्तो आँखाबाट नहट्ने खालको छ। आँखाले हेरेर नथाकिने पोखरा शब्दमा पस्किन त गाह्रो नै छ। पोखराको सौन्दर्य नर्तकीले आफ्नो नाचको छमछम धुनमा सबैलाई मोहनी लगाए जस्तो आँखाबाट नहट्ने खालकै छ। विश्व नै पर्यटक बनेर घुम्न मन पराउने पोखरामा म पनि घुमे पर्यटक बनेर।

काठमाडौको भीडलाई छिचोल्दै पोखरा हान्निएँ। पोखरा पुग्ने हुटहुटीले होला काठमाडौबाट दुई सय किलोमिटरको यात्रा एक निमेषमै सकिएझैं लाग्यो। पोखरामा पाइला राख्दै गर्दा मलाई गायक प्रेमप्रकाश मल्लको ‘पोखरा त साँच्चिकैको पोखरा नै रैछ’ बोलको भन्ने गीतको सम्झना भयो। उनले ठीकै भनेका रहेछन्।



म पोखराको फेवातालमा पुगें। राराताल पछिको दोस्रो ठूलो तालमा। तालको बीचमा बाराही मन्दिर छ। मन्दिरसम्म पुग्न वा तालको फन्को मार्न वारि लहरै डुंगाहरूले हामीलाई कुरिरहेका हुन्छन्। म पनि डुंगा चढेर मन्दिरमा लागें। डुंगा पानीमा चिप्लिँदै गर्दा मन्दिर नजिक पुग्ने बेलामा तालका माछा हाम्रो स्वागतमा माथिमाथि उत्रिए।

ताल बीचमा भएको मन्दिर। चारैतिर पानीले ढाकिएको र बीचमा टापुजस्तो स्थानमा मन्दिर। फेवातालको अर्को विशेषता भनेको तालमा माछापुच्छ«े हिमाल देखिनु हो। लाग्छ तालमा माछापुच्छे« पौडी खेल्दैछ। गायक प्रकाश श्रेष्ठले गाएका छन् नि, ‘फेवातालको आँगनमा लैलै माछापुच्छ्रे छायाँ ।’

फेवाताल पछिको अर्को रमणीय स्थान महेन्द्र गुफा हो। त्यहाँ सय रुपैयाँको टिकट काटेर गुफाभित्र छिरें। गुफा भन्नेबितिकै अँध्यारो हुरीको कल्पना मनमा चल्न थाल्यो। मन न हो कल्पनाका सुन्दर आँखाले कहिले अति सुन्दर भएर दृश्यहरू आँखाभरि आउँछन् कहिले बीभत्स भएर मन नै कहालीलाग्दो भैदिन्छ। गुफाभित्र छिर्नु पहिले मन डराएको थियो तर भित्र हामी जस्तै भ्रमणमा पसेकाहरूको लामले बाहिर नै कल्पना गरे जस्तो डर कता भाग्यो कता।

राजा महेन्द्रको नामबाट गुफाको नामकरण गरिएको रहेछ। राजा महेन्द्र त्यो गुफामा भ्रमण गरेपछि स्थानीयले नाम फेरेका। त्यसअघि यसलाई स्थानीयले अँधेरी गुफा भन्थे। बाघ पच्छ्याउँदै जाँदा गुफा भेटिएको रे।

महेन्द्र गुफा नजिकै चमेरे गुफा पनि छ। एउटा कुनाबाट छिरेर अर्को कुनाबाट निस्कन मिल्ने गुफाका भित्तामा चमेराहरू तुर्लुङ झुन्डिदा रहेछन्। गुफाबाट बाहिर निस्कने प्वाल साँघुरो छ। त्यहाँबाट निस्कने क्रममा गुफाभित्रै चढ्नुपर्ने ठूल्ठूला ढुंगाले साहसिक यात्राको अनुभूति दिलाउँछ।

गुफाभित्र चुन ढुंगाबाट बनेका बाघ, हात्ती, सर्प र देवदेवीका आकृति रहेछन्। आँखाले हेरेर नथाकिने पोखरा शब्दमा पस्किन त गाह्रो नै छ। तर पनि छुटाउन नहुने अर्को गन्तव्य हो डेभिड फल्स। सन् १९६१ मा स्विस जोडी यस पहाडि छहरामा नुहाइरहेका बेला अत्यधिक वहाबको कारण महिला डुब्न पुगेकी थिइन् र उनकै नामबाट झरनाको नामकरण गरिएको हो।

झरना खस्दै गरेको ठाउँवाट झरनाका बाछिटाले कुहिरो लागेजस्तो देखिन्छ। झरना यति सुन्दर छ कि, हिमालको काखमा गएर त्यसकै फेदमा उभिएको छु जस्तो अनुभव हुन्छ।

झरना खस्दै गरेको ठाउँवाट झरनाका बाछिटाले कुहिरो लागेजस्तो देखिन्छ। झरना यति सुन्दर छ कि, हिमालको काखमा गएर त्यसकै फेदमा उभिएको छु जस्तो लाग्छ। एक कुनामा त्यसरी झरना झरी रहेको छ भने उसैको सिरान भएर नदी ढुंगाहरूको हात समाउँदै हामफालिरहेकी छन्। त्यही कुहिरो माझबाट आफ्ना छङछङ गरेका स्वरहरूसंगै विलीन कता हो कता जमिनभित्रै अलप भए जस्तो देखिने अति सुन्दर झरनाको सुन्दरता हृदयको शहरमा अमिट भएर बसेको छ।

झरनाको छेउमा रेलिङले बारे पनि त्यहाँ खासै सुरक्षाकर्मीहरू बसेको देखिनँ, दुर्घटना हुन सक्ने सम्भावना देखिन्छ। झरनामा दुर्घटनामा परेर छोरी गुमाएपछि उनका अभिभावकले यसलाई डेभिड फल्सका रूपमा चिनाएका थिए। कालान्तरमा झरनाको नामै त्यही बन्यो।

यसलाई नेपाली भाषामा ‘पातले छाँगो’ भनिन्छ। यसको उचाइ ४८ मिटर छ भने यसमुन्तिर अर्को गुप्तेश्वर गुफा छ। गुफाबाट झरना हेर्न सकिन्छ। पोखराको मुख्य पर्यटकस्थल भ्रमण पछि प्याराग्लाइडिङ गर्ने रहर पूरा गर्न लागें। त्यसैले म लागें पोखराको उत्तरी डाँडो सराङकोटतिर। हामी जाँदा त्यहाँ सडक ममर्त हुँदै थियो। पोखराबाट ३० मिनेटमै डाँडामा पुगियो।

जसै जमिनदेखि खुट्टा छोडेँ म त आकाशमा पो उचाइ लिन पुगिसकेछु। आफैं पक्षी भएर खुला आकाशमा उडिरहेझैं आनन्द महसुस भयो। जतिजति उचाइ लिँदै गएँ, खुला आकाशबाट खुसीले चिच्याउन मन लाग्यो र चिच्याएँ पनि। उकालो बाटो हुँदै दायाँबायाँ जंगल छिचोल्दै पुग्यौं। जब प्याराग्लाइडिङको मैदानमा पुगें थुप्रै पर्यटक उडनका लागि तयार हुँदै थिए। उनीहरूको तयारी देख्दा बेलुनमा हावा भरेर डोरीका सहायताले उड्न तयार भएझैं लाग्यो।

बिस्तारै एक पछि अर्को दगुर्दै जमिन छाडेर आकाशमा चराझैं उडेको देख्दा मनमा दोमन भयो। एकातिर आफू पनि चराजस्तै उड्न पाइने भयो भने कौतुहलता थियो भने अर्कोतिर मन डराउँदै पनि थियो।

मेरो पनि पालो आयो। उसैगरी बेलुन (ग्लाइडर)को धागोमा बाँधिने। म बेलुनको डोरिमा बाँधिन तयार भएँ। जब पाइलटले ग्लाइडरका डोरी मिलाइ सकेर सुरुमा मलाई अलिकति दौडन लगाए, मेरो मुटु म भन्दा धेरै रफ्तारमा दौडियो। ढुक्ढुक् गरिरहेको थियो।

जसै जमिनदेखि खुट्टा छोडेँ म त आकाशमा पो उचाइ लिन पुगिसकेछु। आफैं पक्षी भएर खुला आकाशमा उडिरहेझैं आनन्द महसुस भयो। जतिजति उचाइ लिँदै गएँ, खुला आकाशबाट खुसीले चिच्याउन मन लाग्यो र चिच्याएँ पनि।

पृथ्वी गोलो छ भन्ने वैज्ञानिक भनाइ सही लाग्यो। माथीबाट तल हेर्दा सबै गोलो देखिने। सुन्दर पहाडहरू, पोखरा बजारको सुन्दर दृश्य अनि माछापुच्छ्रे, धौलागिरी, अन्नपूर्ण हिमाल देखिए। निक्कै आनन्द, स्वर्णिम आनन्द, सायद स्वर्गीय आनन्द भनेको त्यही थियो। पाइलटले कति मिटर हाइटसम्म लगे थाहा भएन तर खुला आकाशबाट तल हेर्दा म निकै माथि छु जस्तो लाग्यो।

हवाईजहाजमा जति माथी उडे पनि जहाजका भित्ताहरूले नदेखिने भएर खासै केही नलाग्ने तर प्याराग्लाइडिङ गर्दा खुला आकाशमा उड्न पाइने भएर निकै रमाइलो हुँदो रहेछ। आधा घन्टा उडान भरेको ८ हजार रुपैयाँ पर्ने भएता पनि मैले सहुलियतमा ६ हजार रुपैयाँ मात्र तिरेकी थिएँ।

विभिन्न मनोरम दृश्यहरूले भरिएको पोखरा आकर्षक गन्तव्य हो। यद्यपि कतिपय सम्पदाको संरक्षणमा राम्रो ध्यान पु¥याएको देखिएन। त्यसैले भविष्यमा यस्ता सम्पदा जोखिममा पर्न सक्छन्। पोखरामा केही नराम्रा कुरा पनि छन्। फेवातालको जलकुम्भी झारले समस्या बनाएको छ। पातले छाँगोको राम्रो तरीकाबाट संरक्षण भएजस्तो लागेन। विन्ध्यावासिनी जस्तो धार्मिकस्थलमा पनि सरसफाइमा जोड दिनुपर्ने देखिन्छ।

अर्को कुरा सिंगो पोखरा उपत्यकालाई झलमल्ल देख्न सकिने सराङकोटमा पनि वायु प्रदूषणका कारण तुँवालो लाग्नु दुःखद् कुरा हो। संसारकै सुन्दर भूमि पोखरालाई जोगाइराखौं। त्यसका लागि विकासको अगुवाइ गर्ने नेताहरूको मनमा पोखराप्रेम हुनुपर्छ। उनीहरूको काममा इमान्दारिता हुनुपर्छ।

सुन्दैछु, अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पोखराबाट प्याराग्लाइडिङ विस्थापित हुँदैछ भनेर। पोखरामा नभए पनि वरपरका पर्वत, लमजुङ, तनहुँ र स्याङ्जाका डाँडापाखामा प्याराग्लाइडिङ सम्भव छ। पोखराको जत्तिकै प्राकृतिक सौन्दर्यको विविधता नपाइए पनि त्यहाँ उडानको अनुभव गर्न सकिनेछ। धन्न मैले त बेलैमा पोखरामा प्याराग्लाइडिङ गरेछु! पोखरा घुमेका सम्झनाहरूले मनलाई रोमाञ्चित बनाइरहेका छन्। Source : Nagariknews