गुल्मीबाट भर्खर मात्र एउटा लाज लाग्दो घटना सार्बजनिक भएको छ । गुल्मीमा बाबु द्धारा छोरी ब”लात्कारको घटना सेलाउन नपाउँदै फेरी देवर द्धारा भाउजु ब”लात्कारको घटना बाहिर आएको छ । मुसिकोट नगरपालिका वडा नम्वर १ पौदीअमराईमा नाम थर गोप्य राखिएका २२ बर्षीया देवरले २४ बर्षीया भाउजुलाई चैत्र १४ गते राति साढे १० बजेको समयमा बूलात्कार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी पुर्षोतम प्रसाद पाण्डेका अनुसार युवकले भाउजु सुत्ने कोठामा पसरे एक्लै सुतेकी भाउजु लाई ब”लात्कार गरेर भागेको उजुरी परेको छ । उहाँका अनुसार देवर लाई बूलात्कार गरि भागेको बेला मुसिकोट नगरपालिका वामीटक्सारबाट पूक्राउ गरिएको हो । पूक्राउ परेका उनीबिरुद्ध जिल्ला अदालतमा ७ दिनको म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको जिल्ल प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

त्यस्तैगरी गुल्मीकै एक बालिकामाथि पनि ब”लात्कार भएको प्रहरीले जनाएको छ । चैत्र १४ गतेकै राति बाग्लुङ्गको बरेङ्ग गाउँपालिका वडा नम्वर ३ का ३३ बर्षीय ड्राईभर चेतमान सुनारले गुल्मीको सत्यवती गाउँपालिका वडा नम्वर ७ की १४ बर्षीया बालिका लाई बूलात्कार उद्योग गरेको अभियोगमा पक्राउ गरि सोमबार अदालतमा ७ दिन म्याद थप गरिएको डिएसपी पाण्डेले जानकारी दिएका छन। सारथीबाट साभार गरिएको ।