पछिल्लो समय सामाजिक संजालमा भाइरल छ एउटा बा छोरीको जोडी जसको दुखले अहिले दुनिया रुवाएको छ ।  यी युवती हुन् सपना रोका मगर म्याग्दीको मंगला गाउँस्थित घरबाट चार वर्षअघि झोला बोकेर निस्केकी थिइन्। उनको सम्मानको लागि एक सेयर एक लाईक अबस्य गर्नुहोला । हाम्रो समाजमा बिभिन्न मानिसहरु बसेका हुन्छन । उनीहरुको आ आफ्नै परिचय र काम कार्यहरु पनि रहेका छन ।

म्याग्दी जिल्लाकी उमेरले भर्खर मात्र १८ वर्षपुगेकी सपना रोका मगर । उनै कलिलो उमेरकी सपनाले पशुपतिमा शब जलाउछिन भन्दा अचम्म लाग्न पनि सक्छ । उनै सपना रोका मगरलाई बेलायती प्रसारण संस्था बिबिसी ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा परेकी छन्। बिबिसीले मंगलबार सार्वजनिक गरेकी सपनाले पछिल्लो समय बेवारिसे परेका शव जलाउने काम गर्छिन्।

बिबिसीको उक्त सूचीमा धेरै देशका समाजमा बिभिन्न कामबाट योग्दान दिने मान्छेहरु परेका छन । नेपालबाट सपना रोका मगर परेकी छिन । को हुन् सपना रोका मगर । सपना रोका मगर म्याग्दीको मंगला गाउँस्थित घरबाट चार वर्षअघि झोला बोकेर निस्केकी थिइन्। एघार कक्षा पढ्न बेनी बजार हिँड्दा उनको मन रोमाञ्चले भरिएको थियो जसरी उनको झोला आमाले राखिदिएका चामल घ्यू र लत्ताकपडाले भरी थियो।



उनै सपनालाई हामीले बुधबार दिउँसो पशुपति आर्यघाटमा फरक अन्दाजमा भेट्यौं। हामी पुग्दा उनी हातमा पञ्जा लगाइरहेकी थिइन्। छेउकै स्ट्रेचरमा एक युवतीको शव थियो। कामदारहरूले चितामा काठ राखुञ्जेल उनी छेउमा बसिन्। शव जलाउन तयार भएपछि सपना घाटबाट बागमती झरिन्। त्यसपछि दाहसंस्कारको विधि सुरू गरिन्। दागबत्ती दिइन्। त्यो शव उनका कुनै आफन्तको थिएन।

बेवारिसे थियो। उनले अहिलेसम्म यस्ता ३८ बेवारिसे शवलाई दागबत्ती दिइसकेकी छन्। घरबाट पढ्न हिँडेकी उनले कहाँ सोचेकी थिइन् र यसरी अपरिचितका शवमा दागबत्ती दिँदादिँदै जिन्दगीको अर्थ भेटाउँला भनेर सपनाले कक्षा १२ सम्म मात्रै पढाइ पूरा गरेकी छन्। कोरोना भाइरसको महामारी अन्त्यपछि पढ्ने योजना पनि बनाइसकेकी छन्। बेवारिसे हुनुको मुख्य कारणमध्ये लागुऔषध एउटा रहेछ भन्ने उनीहरूले पत्ता लगाएका छन्।

त्यसैले लागुऔषध सुधारगृह पनि खोलेका छन् र यसको विस्तारको योजना बुनेका छन्। अहिले हामीले दुइटा सुधार केन्द्र खोलेका छौं र यो पनि सबै ठाउँमा विस्तार गर्ने योजना बनाएका छौं । सपनाले आफ्नो जिबनको सपना सुनाइन्। सेतोपाटीबाट साभार गरिएको