काठमाडौं । लद्दाखमा भइरहेको तनावलाई लिएर नेपालले भारत र चीन दुवै देशहरुलाई कडा सन्देश जारी गरेको छ । परराष्ट्र मन्त्रालयले नेपाल सधैं क्षेत्रीय र विश्व शान्तिका पक्षमा उभिदै आएको स्पष्ट पार्दै दुई छिमेकीहरु भारत र चीनबीच पछिल्लो समयमा देखिएको सीमा समस्यालाई शान्तिपूर्ण रुपमा सुल्झाउन भनेको छ ।

परराष्ट्र मन्त्रालयले शनिबार अपरान्ह जारी गरेको विज्ञप्तीमा लद्दाखको गलवान उपत्यका क्षेत्रमा उब्जिएको समस्यालाई समाधान गर्नमा नेपालका दुई मित्रवत छिमेकीहरु समक्ष रहने विश्वास व्यक्त गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘असल छिमेकीपनाको भावनासहित आपसी नमिलेका कुराहरुलाई दुई पक्षीय,क्षेत्रीय र विश्व शान्ति तथा स्थायित्वको शान्तिपूर्ण माध्यमबाट उब्जिएको समस्या हल हुनेमा नेपाल विश्वस्त छ ।’