राप्ती नगरपालिका १३ की सीतामाया चेपाङ यस समुदायकै डिग्री सर्टिफिकेट हात पार्ने पहिलो महिला भएकी छन् । पहाडी भूगोल राप्ती नगरको उच्च भाग वासवाङमा घर रहेकी उनले हालैमात्रसमाजशास्त्र विषयमा स्नातकोत्तर ‘डिग्री’ पास गरेको बताइन् । उनले पाटन क्याम्पसबाट डिग्री पास गरेकी हुन् ।
कक्षा ३ सम्म गाउँकै विद्यालय पढेकी उनी त्यसपछि भने जोरपाटीस्थित खगेन्द्र नवजीवनविद्यालयमा पढ्न पुगिन् ।क्रिमसनमा प्लस टु र कोटेश्वर क्याम्पसबाट स्नातक गरेकी उनलाई पढ्नका लागि सिकाऊ नामक गैरसरकारी संस्थाले सहयोग गरेको हो ।
आफ्नो जीवनमा शिक्षाको यो उपलब्धि हात लाग्नुमा बेल्जियमस्थित एक महिला नागरिक रहेको उनले बताइन् । आफू कक्षा ७ मा अध्ययनरत हुँदा ती महिलाको निधन भएपछि उनकै श्रीमान्ले स्नातकसम्म पढाउन सहयोग गरेको उनको भनाइ छ ।
समाजशास्त्रमा डिग्री पढ्ने क्रममा भने आफैँले खर्च जुटाएको बताउँदै उनले भनिन्, ‘जागिर खाँदै पढेको छु ।
श्रोतः सत्य सुचनाबाट साभार